२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

भोलि कतारमा बृहत रक्तदान कार्यक्रम हुने

दोहा– विश्व मानवता दिवसको अवसरमा कतारमा भोलि बृहत  रक्तदान कार्यक्रम हुने भएको छ ।

विश्व मानवता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा भोलि रक्तदान कार्यक्रम हुने भएको हो।

भोलि अर्थात अगस्ट २० का दिन नेशनल म्युजियम नजिककै रहेको अल मिना स्ट्रीट गानम कदीम दोहामा हुने कार्यक्रममा  कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ,समाजिक अभियान्ता, पत्रकार साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीले एक विज्ञप्ति जारी गरी सहभागीताका लागि आग्रह गरेका छन ।

खत्रीले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

रक्तदान कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध

आदरणीय  कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ज्युहरु , समाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा नमस्कार ।

 विश्व मानवता दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ, कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा  मिति २० अगस्ट , २०२३ आइतबारका दिन “बृहत रक्तदान कार्यक्रम” को आयोजना गर्ने जानकारी गराउदै उक्त बृहत रक्तदान कार्यक्रममा यसै सूचना लाई आधार मानेर सहभागी भैइदिनु हुनलाई हार्दिक अनुरोध गर्दछौं ।

रक्तदाताले रक्तदान गर्दा  ध्यानदिनु पर्ने कुराहरु निम्न लिखित छन :
१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ ।
४) रक्तदाता कम्तीमा ८ घन्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।
५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ  l
६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ l

तपशिल :-
स्थान: Qatar Red Crescent Office, नेशनल म्युजियम नजिक अल मिना स्ट्रीट गानम कदीम दोहा।
मिति :-  २०, अगस्ट ,  २०२३  (आइतवार )

समय :- दिनको ४ बजे देखि बेलुकी ८ बजे सम्म

नेपाली रक्तदाता संघ, कतार (परिवार)

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस