२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो अडिसन भोलि हुदै

दोहा– ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो  अडिसनको तयारी सबै पुरा भएको छ ।

गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो अडिसनको तयारी सबै पुरा भएको आयोजकले जनाएको छ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रमको दोस्रो अडिसन भोलि बिहान ९ बजे देखि कतार च्यारिटिको सभा हल न्यु सलतामा सुरु हुने आयोजकले जनाएको हो।

दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रवेश गरेका छन् ।

प्रतियोगितामा गायन विधाबाट उत्तम राई, अक्षय लिम्बू, अनमोल ढकाल, भीम बहादुर कार्की, अशोक गुरुङ, बनिता राई, बुद्ध सिंह लिम्बू, चित्र बहादुर राना, गौतम सामी लिम्बू, हरिस चन्द्र नेपाली, ईशान रेग्मी, जोन बिक, किरण बिक, क्षितिज तामाङ, मानसिङ परियार, असलमान राई, रेश्मी विश्वकर्मा, शरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुस्तम तामाङ, प्रविन रामदाम, बद्री देवकोटा, मालती लामा, दीपक कुमार घले, एन्जल कुलुङ, अनमोल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन्।

नृत्य विधा तर्फ सुजन चहार, जुनुमाया कुमाल, झरना राई, सबिना राई, दिया सिंह, जीवन खालिंग राई, सुनिता शेर्पा, ललिता लामा, अमित राई, रिता श्रेष्ठ, निरु श्रेष्ठ, शर्मिला घर्ती, सरोज लामा र रेखा मगरले प्रतिस्पर्धा गर्दैछन्।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस