२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

साँगितिक मनोरञ्जनले सजिएको सोनाम ल्होछार कन्सर्ट 

दोहा । संगीतिक माहोलमा छमछम नाचेर सोनाम ल्होछारमा  रमाईरहेका दर्शकले भरिएको हलको बत्ति एक्कसी बन्द भए पछि धेरैले  सोचे हलमा विधुतिय सञ्चारमा समस्या या  हल व्यवस्थापनमा  समस्या देखियो,  होहल्ला  पनि सुरु हुन  लाग्यो । तर त्यही अध्यारो हलको चिच्याहटलाई चिर्दै मन्द मुस्कानका र  सुरिलो  आवाजका साथ गायक राजेश पायल राई  सितल छायाले बोलको गित गाउदै  स्टेजमा चडे ।

 

  हेन्डसम हिरो त योयो थेगोको प्रयोग गर्दै प्रस्तुत भएका राईले आफ्नो प्रस्तुति हेर्न बसेका  दर्शकहरुको ध्यान आफुतिर मज्जाले ताने । साँगितिक महोल तताईरहेका उनले  मायाले दिएको चिनो, पुर्बेली मारुनी गीत, दर्शन नमस्ते, मादलुको ताल, नाइ नभन्नु ल, यानीमाया, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेउन, बसमा छैन यो मन जस्ता आधा दर्जन  गीतहरु गाएका थिए ।

 यहि रमाइलो माहोलमा समर्पित गदै मेहेन्दोमाया तथा चर्चित लोक दोहोरी गायिका मनमाया वाइबा तामाङ आफ्नो  प्रस्तुति मर्के सिरुङ रुङ बोलको गित गाउदै  स्टेजमा आई रमाइलो माहोल सृजना गरेकी उनले पनि  कितली कितली, नम्सरी लगायतको सेलो तथा म्हेन्दोमाया गीत सङ्गै लोक दोहोरी गीत भाले मजुर गाएर  दर्सकलाई भरपुर मनोरञ्जन दिईन  ।

नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको सुरुमै  प्रस्तुति दिएका  पुर्बेली लोक गायक उमंग लामाले कतारलाई आफ्नै गाउँ जस्तो लागेको भन्दै गीत गाउदै आए सगै  देउराली बनेछ ढुंगाको, के भन्ने हाम्रो समय, वारि जमुना पारी जमुना, आलु तामाले बुहारी चाहियो भन्छिन आमाले भन्ने गीत गाए।

  सेलो गायिका रेश्मा बम्जन तामाङ सेलो गीतमा खरो उत्रिन  ह्याङतामाको साथमा दर्शकहरु माझ प्रस्तुत भएकी उनले  बैशाखै गए मंसिरमा आउला, डम्फु र सेलो च्याङ्बा र मैच्याङ, खट्टे जो, च्यागो होइ, कोइराला काठे, तामाङको चेली लगायतका आधा दर्जन  गित गाएर मज्जैले दर्शकहरुलाई नचाईन ।

दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा तामाङ समुदायका कलाकारहरुले स्वागत नृत्य तथा साङ सेरगेम प्रस्तुत गरेका थिए।  तामाङ समुदाय र संस्कृती अन्तर्गतको जागरण गीतमा झाँकी प्रदर्शन रहेको कार्यक्रममा  सस्थाका संरक्षक तथा कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले सोनाम ल्होछारको  बारेमा जानकारी दिदै स्वागत मन्तव्य राखेका थिए ।

 

 प्रमुख अतिथी  नेपाली राजदूतावास कतारका  उपप्रमुख कुमार राई  कार्यक्रम  भब्य रुपमा सम्पन्न गर्ने तामाङ घेदुङ्ग परिवारलाई आभार प्रकट गर्दै सोनाम ल्होछारको शुभकामना दिएका थिए सो अबसरमा कतारमा स्थापित  नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजका  सामाजिक अभियान्ताहरुले  समेत शुभकामना दिएका थिए ।

 

नेपालीहरुको राष्ट्रिय पर्व तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री २०६० (डुक ल्हो/मु मुख्री वर्ष)सोनाम ल्होछार लाई भब्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ  घेदुङले  दोहाको अल अरबी स्पोर्ट्स क्लबमा कार्यक्रम सम्पन्न गरेको थियो । तामाङ धेदुङ्ग कतार शाखाका अध्यक्ष बिकाश  तामाङले सभापतित्व  गरेको कार्यक्रम महासचीव  भिमराज तामाङ र उप- महासचिव कमला दोङ तामाङले संयुक्त रूपमा संचालन  गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस