२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

दूतावासमा राखियो रेमिट्यान्स सम्बन्धि सूचना तथा जानकारीका डिजिटल डिस्प्ले बोर्ड

दोहा,

नेपाली राजदूतावाससंग सहकार्य गर्दै कतारमा रहेका रेमिट्यान्स कम्पनीहरुले रेमिट्यान्स सम्बन्धि सूचना तथा जानकारीका दूतावासमा डिजिटल डिस्प्ले बोर्ड राखेका छन ।

नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालबाट उद्घाटन गरिएको डिजिटल डिस्प्ले बोर्डमा सेवाग्राहीहरुले आफुले कमाएको रुपैयाँ पैसा भरपर्दो मध्यमबाट परिवार सम्म पुर्याउने रेमिट्यान्सको बिषयमा सम्पुर्ण जानकारीका दिइएको छ ।

सोही अवसरमा राजदुत डा. ढकालले रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको हुदा यसलाई अझै सरल र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाव संकलन गरेका थिए । छलफलका क्रममा अबैधानिक तरिकाबाट नेपाल भित्रिने रेमिट्यान्सले राज्यलाई घाटा र सेवाग्राहीहरुलाई समस्या बताएका थिए ।

रोजगारी सिलसिलामा कतारमा रहेर पनि बैधानिक तरिकाबाट नेपालमा पैसा कसरी पैसा पठाउने जानकार नभएका सेवाग्राहीहरु लागी पनि रेमिट्यान्स कम्पनीहरुले गर्ने अवरनेस कार्यक्रमका लागी दूतावासले सहयोग गर्न भएको छ। अवरनेस कार्यक्रमका सहकजता लागी आवस्यक बैधानिक पहलहरु, रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरुलाई आवस्यक परेको अबस्थामा सुझाव, सल्लाह र छलफलका लागी दूतावास सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

देशको अर्थतन्त्रका लागी रेमिट्यान्स कम्पनीहरुले महत्त्वपूर्ण सहकार्य गरेको भए पनि प्रवासमा नेपाली दूतावासमा नै बोलाएर सल्लाह सुझाव र सहकार्य गरेको कतार पहिलो दूतावास रहेको रेमिट्यान्सका प्रतिनिधिहरुले बताएका थिए ।

 

दूतावासले स्थापना भए देखि आजको मिति सम्म रेमिट्यान्स कम्पनी वा प्रतिनिधिहरु कसैलाई पनि सम्झेर सहकार्य नगरेको स्मरण गर्दै राजदुत ढकालले पहिलो पटक आफुहरुलाई जागरुक बनाई सहकार्य गर्ने मौका पाएकोमा हार्दिक आभार प्रकट गरेका थिए । छलफल कार्यक्रममा रेमिट्यान्स कम्पनीका तर्फबाट हिमाल रेमिट, नबिल बैक, सिटी एक्सप्रेस प्रभुमनि, ई सेवा, ग्लोबल आईएमई, आईएमई पे, एभरेष्ट बैक, सिदार्थ रेमिट , एनआइएमवि, जि एम ई, आरएआई मनि ट्रान्सफरका प्रमुख तथा प्रतिनिधिहरु उपस्थिति रहेको कार्यक्रमको संयोजकत्व दीपेन्द्र पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस