२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

नेपाल पत्रकार महासंघ कतार शाखाको स्थापना दिवस मनाउदै

दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १८ औं स्थापना दिवस मनाउने भएको छ ।

सन : २००६ मा कतारमा स्थापना गरिएको महासंघले आगामी मे १७ तारीख शुक्रबारका दिन “नेपाली राजदुतावासको सभाहलमा”  स्थापना दिवस मनाउन लागेको हो ।

बिहान ११ :०० बजेदेखी शुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी गराए । उनका अनुसार हरेक वर्ष मे ११ मा पर्ने स्थापना दिवस  यस वर्ष मे १७ मा मनाउन लागिएको हो ।

स्थापना दिवसमा दोहाका विभिन्न संघ संस्थाका वरिष्ठ व्यक्तित्वहरु तथा नेपाली समुदायका माननीय व्यक्तित्वहरुको विशेष उपस्थिति रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा आतिथ्यका लागि कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था, सामाजिक व्यक्तित्वहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा प्रेषित गरिएको र कुनै कारणवश निमन्त्रणा पुग्न नसकेको भए यसै आव्हानलाई स्वीकार गरी उपस्थित भई दिन सम्वन्धित सबैमा हार्दिक अनुरोध गरिएको शाखाका सचिव दिलिप पराजुलीले आग्रह गरेकाछन् ।

कार्यक्रम निर्धारित समयमा संचालन रहने र आसन ग्रहण प्रक्रिया नदोहोर्याउने व्यहोरा निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस