२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नेपाली रक्तदाता संघ कतारको अध्यक्षमा खत्री

दोहा-नेपाली रक्तदाता संघ कतारको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

पुन रामजी खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै नेपाली रक्तदाता संघ कतारको तेस्रो अधिबेशन सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रामजी खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कतारमा महामहिम डाक्टर नरेशविक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

लाली गुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न तेश्रो अधिवेसनमा नेपाली दुतावास कतारका नियोग उपप्रमुख कुमार राई ,अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष डाक्टर मनिता राजकर्णिकार,अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका महासचिव राहुल रेग्मी, सचिव तेज कटुवल, सदस्य विनोद भट्टराई,गैर आवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी,जनसम्पर्क समितिका महामन्त्री केदार भुषाल, प्रवासी नेपाली मञ्चका विनेश तामाङ्ग,नेपाल पत्रकार महासंघका अध्यक्ष दिल कुमार श्रेष्ठ ,समाजसेवी क्रान्ति सिह,बिमल सुवेदी, चानक पोखरेल, सागर नेपाल,नेपाली माहिला समाज कतारमा प्रथम उपाध्यक्ष संन्ध्या अर्याल,अर्घाखाँची सेवा समाजका अध्यक्ष बिष्णु कुँवर, गण्डकी प्रदेशका अध्यक्ष सागर पौडेल,लगायतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा कतारमा पहिलो पलटक रक्तदान गर्ने नेपाली राजदूत डाक्टर नरेश विक्रम ढकाललाई दोसल्ला ओडाएर सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।

साथै नेपालबाट आएका अतिथिहरु लगायत संस्थालाई सहयोग गर्ने विभिन्न संस्था तथा ब्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा खेम सुवेदीले प्रस्तुत गरेकोआर्थिक प्रतिवेदन,गणेश ढकालको प्रगति प्रतिवेदन सर्बसम्मतले पारित भएको थियो।

नव निर्वाचित कार्य समिति टिमको नाम निम्नानुसार रहेको छ |
१. अध्यक्ष – रामजी खत्री – गोरखा
२. उपाध्यक्ष – भिमबहादुर बिश्वकर्मा – मोरंग
३. उपाध्यक्ष – छबिलाल भट्टराई – पर्वत
४. महिला उपाध्यक्ष – मेनुका खतिवडा भण्डारी – धादिंग
५. सचिव – कल्याण थापा – लमजुंग
६. कोषाध्यक्ष -निराजन गौतम – बाग्लुंग
७. सहसचिव – खेमराज सुबेदी – सुनसरी
८. सह-कोषाध्यक्ष – शुष्मा खतिवडा कटुवाल – सुनसरी
९ . कोशी प्रदेश संयोजक – गोपाल खतिवडा – सुनसरी
१०. बाग्मती प्रदेश संयोजक – सुदर्शन भण्डारी – नुवाकोट
११. गण्डकी प्रदेश संयोजक – जिव नारायण पौडेल – स्याङ्जा
१२. लुम्बिनी प्रदेश संयोजक – देब लम्साल – गुल्मी
१३. कर्णाली प्रदेश संयोजक – शोभाराम ओली – रोल्पा
१४. सुदूरपश्चिम प्रदेश संयोजक – सुरेन्द्र बहादुर चन्द – कन्चनपुर
१५. कार्यसमिति सदस्य – शारदा भुजेल – झापा
१६. कार्यसमति सदस्य – राजकुमार तिमल्सिना – काठमान्डौ
१७. कार्यसमिति सदस्य – दिनेश शर्मा खरेल – रुपन्देही
१८. कार्यसमिति सदस्य – श्रदा के.शी. कटुवाल – सुनसरी
१९. कार्यसमिति सदस्य – रमा तामांग – कास्की
२०. कार्यासमित सदस्य – कल्पना घर्ती – गुल्मी
२१. कार्यसमिति सदस्य – इन्दिरा शाह – दोलखा

कार्यक्रमको सहजीकरण शारदा भुजेलले गरेकी थिइन।

 

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस