२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कास्की आदर्श समाज कतारले पोखरामा, भब्य रुपमा मानायो तिज कार्यक्रम ।

पोखरा । माया,सद्भाव र आत्मीयता आदानप्रदान गर्ने उदेश्यका साथ कास्की आदर्श समाज कतार द्द्वारा आफ्नो गृह जिल्ला कास्की पोखरामा आयोजित तिज विशेस कार्यक्रम भब्य रुपमा  सम्पन्न भएको छ । पोखराको लेकसाइड स्थित टुकी रेस्टुरेन्टको सभाहलमा आयोजित उक्त कार्यक्र्ममा कास्की आदर्श समाज कतारमा आवद्द सदस्य साथीहरुको नेपालमा रहेका महिला दिदी बहिनी हरु तथा कतारमा कार्यरत रहेर नेपाल फर्की सक्नु भएका परिवारको बाक्लो उपस्थिती रहेको थियो ।
कास्की आदर्श समाज कतारको आयोजना गरेको कार्यक्रमको, सह आयोजक कास्की आदर्श समाज नेपाल रहेको कार्यक्रमको प्रमुख अतिथी प्रमुख अतिथि – गण्डकी प्रदेश सभासद माननीय  सरस्वति गुरुङ बिषेश अतिथि- महिला उद्यमी तथा समाजसेबी श्री बिना गुरुङ, पार्वती रेग्मी पौडेल, पुर्व महिला संयोजक कास्की आदर्श समाज कतार श्री दिल कुमारी गुरुङ, पूर्व कार्यसमिति सदस्य हरु सावित्रा गिरि.श्री लक्ष्मी गिरि, लोक गायिका श्री अम्बिका भण्डारी, मोटिबेटर स्पिकर प्रेन्सा रेग्मी, ए टु जेड प्रिन्टिङ प्रेस्की प्रोपाइटर खुशी खड्का र संचारकर्मी पोखरा टेलिभिजन गीता तिवारी आथित्यता रहेको थियो ।
कास्की आदर्श समाज नेपाल च्याप्टरको महिला उपाध्यक्ष पूजा गिरिको सभापतित्व मा संचालित कार्यक्रममा को स्वागत मन्तब्य सुनिता पौडेल सुवेदिले राख्नु भएको थियो । स्वागत मन्तब्यको क्रममा बिदेसमा रहेर स्वदेसमा रहेका हामी पारिवारका विच माया सद्भाब र आत्मियता वढाउने उदेश्यले कार्यक्रम आयोजना गर्नु हुने कास्की आदर्श समाज कतारलाई हार्दिक धन्यवाद दिन चह्न्छु । मेरो कतारको प्रत्यक्ष भेटमा पनि कास्की आदर्शले त्यहाको समाजमा खेलेको भूमिका अत्यन्त सरानिय रहेको महिले पाएकी थिए भविस्यमा यस्तो तिज बिसेस कार्यक्रमको निरन्तरताको अपेक्षा गर्दछु भन्दै कास्की आदर्श समाज कतारका संस्थापक देखी बर्तमान कार्यसमिती लाई धन्यवाद सहित सम्पूर्ण अतिथी र उपस्थित दिदी वहिनी हरुलाई कार्यक्रम मा स्वागत गर्दै मन्तब्य समाप्त गरेकी थिइन ।
प्रमुख अथितिको आसान वाट शुभकामना मन्तब्य दिंदै मानानीय सरास्वती गुरुङ्ले कास्की आदर्श समाज कतारले पारिवारिक सद्भाब वढाउन तिज प्रर्व मार्फत अत्यन्त राम्रो काम गरेको भन्दै ५० – ५५ डिग्रिको तापक्रममा सात समुन्द्र पारी गएर पनि नेपालमा आफ्ना परिवारको सुख दु:ख र पर्व बिशेषमा रमाइलो अबसर दिनु हुने दाजु भाईका महिला परिवारले उहाहरुको परिश्रम लाई बुजेर फजुल खर्च नगर्ने र आफु पनि आत्मा निर्भर बन्ने पथमा हिंड्न सक्नु पर्ने भन्दै महिला दिदी बहिनी घरको मेरुदंड पनि भएकोले आफु स्वस्थ रहे घर स्वस्थ रहन्छ, घर स्वस्थ राख्न सके समाज स्वस्थ बन्न सक्दछ तसर्थ तपाईंहरुले आफ्नो स्वास्थ्य लाई पनि बिशेष ख्याल गर्नु होला भन्दै मौलिक तिजको आफ्नै महत्व छ यो मौलिकता लाई वचाइ राख्न तपाईं हामी नारिको बिशेष भूमिका हुन्छ तसर्थ तडक भडक रहित तिज मनाउने बातावरण बनाउन हातेमालो दिदी बैनिले गर्नै पर्दछ भन्ने सन्देस प्रभाहा गरिन । विशेस अतिथी विना गुरुङ ले माइती लाई सम्झदै भावुक हुँदै तिजको शुभकामना सँगै महिला दिदी बहिनी पुरुसको कमाइ मा रमाउने हैन आफुले पनि सानो तिनो केही गर्ने बानिको वसालौ ।

कार्यक्रम मा कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले प्राविधिक सहयोगमा फोन मार्फत शुभकामना सन्देश दिनु भएको थियो भने पार्वती रेग्मीले सम्बोधन गर्नु भएको थियो । कास्की आदर्श समाज कतारकी पुर्व सदस्य एंव सावित्री गिरिले तिजलाई मध्ये नजर गरी ल्याउनु भएको माइत जाने बाटो एल्बम मार्फत उपस्थित दिदी बहिनी लाई नचाए को कार्यक्र्मा मा लोक गयिका अम्बिका भण्डारी ले कार्यक्रम लाई थप रौनक प्रधान गर्नु भएको थियो ।
कास्की आदर्श समाज कतारका दुतिय उपाध्यक्ष अमृत विश्वाकर्मा कि छोरी अनुस्का विस्वकर्मा र कृपा सुनारको नाच साथै कास्की आदर्श समाज का आजीवन सदस्य रामचन्द्र सुनारकी छोरीले आफ्नो जीवनको भोगाइको गीत मार्फत उपस्थित हरुलाई दर्द भरी बेदना सहित हिम्मत नहारे सफल हुन सकिन्छ भन्ने सन्देश मुलक गीत सुनाइन ।
नारायणी थापा भण्डारी र माया भण्डारीले मिलेर सहजीकरण गरेको कार्यक्रममा मोटिभेटेढ टिन एजर सानी वालिका प्रेन्सा रेग्मिले तिज लाई सरल तरिकाले कसरी मनाउन भन्ने वारेमा जानकारी मुलक सन्देस दिएकी थीइन । कार्यक्रम कि सभापती पूजा गिरिले कार्यक्रमको समापन गर्दै कास्की आदर्श समाज कतारले तिज बिशेष कार्यक्रम गर्ने जमर्को गरी मलाई दिनु भएको जिमेवारि सफलता पुर्वक पुरा गरेको महसुस गर्दै कार्यक्रममा उपस्थित सवैलाई हार्दिक धन्यवाद ब्यक्त गरेकी थीइन । कार्यक्रममा प्रमुख अतिथी र प्रेन्सा रेग्मिलाई मायाको चिनो प्रदान गरिएको थियो । पहिलो चोटि आयोजित कार्यक्रम सफल बनाउन कास्की आदर्श समाज कतारका सह कोषाध्यक्ष वसन्त श्रेस्ठ, अध्यक्ष पत्नी रुकु देवकोट लागि पर्नु भएको थियो कास्की आदर्शका पुर्व सदस्य बिकास वरालको सहयोग रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस