
दोहा– कतारमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस भव्य रुपमा मनाईएको छ ।
नेपाल, फिलिपिन्स र भारतका आप्रवासीहरूले संयूक्त रूपमा शुक्रबार एक कार्यक्रमका विच अन्तर्राष्ट्रिय आप्रवासी दिवस भव्य रुपमा मनाएका हुन।
वर्कर सपोर्ट एन्ड इन्स्योरेन्स फन्ड (workers support and insurance fund) माई ग्रेन्नट फोरम इन एसिया Migrant Forum Asia (Mfa) र ईन्टर नेसनल अर्गनाइजेसन फर माई ग्रेन्नट (International Organization for Migration) को संयुक्त आयोजनामा भएको कार्यक्रममा कतारको श्रम मन्त्रालयबाट अब्दुल्ला मोहमद, खुलुद अल कुबैशी,शालिम अल मोहनन्दी, लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा नेपाली सँस्कृति झल्कने भेषभुषा सहित नेपाली महिला समाज कतारका बालकलाकार साथै तमु गुरुङ समाज कतारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
भारत फिलिपिन्सका कलाकारहरुले पनि आफ्नो देशको सँस्कृति झल्कने भेषभुषामा गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरुलाई मनोरञ्जनका लागि विभिन्न खेल खेलाई बिजेतालाई पुरस्कार पनि बितरण गरिएको थियो । नेपाली समुदायको तर्फबाट हमिद खान र माया के सीले सहजीकरण गरेको कार्यक्रम दोहा स्थित रेडिशन ब्लु होटलको सभाहलमा सप्पन्न भएको हो ।
विगतका दिनहरुमा मजदुरहरुको विषयलाई लिएर ठुला ओहोदाका मान्छेहरु मात्र पुग्ने तारे होटेलमा हिजो अधिकाश मजुदुरहरुको उपस्थिति देखिएको थियो।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो मनाइन्छ l दिवस डिसेम्बर १८ मा मनाइने गरिएको भएपनि प्राबिधिक कारणले २०२४ को आप्रवासी दिवस हिजो मनाइएको आयोजकले जानकारी दिएका छन ।