२०८२ बैशाख २३ गते मङ्गलवार | 2025 May 6th Tuesday

मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा १२५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउदै

दोहा : “विश्वका मजदुरहरु एक हौं भन्ने मुल नाराका साथ,

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा,नेकपा एमालेका स्थाइ कमिटी सदस्य मुकुन्द न्याैपानेको प्रमुख आथित्यमा १२५ औं अन्तर्राष्ट्रिय मजदुर मनाउने भएको छ ।

 

मञ्च अन्तर्राष्ट्रिय कमिटी, कला, साहित्य तथा संस्कृति विभागको आयोजनामा आगामी १ मे २०२५ बिहीवारको दिन “भर्चुअल माध्यम”द्वारा मजदुर दिवस मनाउन लागिएको अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार प्रसार बिभाग प्रमुख चानख पोख्रेलले जानकारी दिनु भयो ।

 

जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने नाराका साथ

बिस्वभरी छरीएर रहेका नेपालीलाई एकीकृत गर्दै , श्रमिक मुद्दाको समस्याको समाधन गर्न आफ्नो सङ्गठ्न सधै अग्रसरतामा देखाएको पोख्रेलले बताउनु भयो ।

 

“श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ। सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।

 

नेपाली समय अनुसार साँझ ५:०० बजे औपचारिक रुपमा सुचारु हुने कार्यक्रममा सहभागिताको लागि ZOOM ID : 82726348743, Passcode: 2025 रहेको, आयोजक कमिटीले जानकारी गराएको

छ ।

 

 

 

 

 

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस