२०८२ पुष १ गते मङ्गलवार | 2025 December 16th Tuesday

ठकुरी सहयोग सञ्जाल कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै

दोहा – ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ।

जुलाई २५ तारिक शुक्रबारका दिन  ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको हो।

“सभ्य भाषा, सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको ठकुरी सहयोग सञ्जाल, कतारले विभिन्न साँस्कृति कार्यक्रमको आयोजना गरि आफ्नो ११ औं वार्षिकोत्सव मनाउन लागेको हो।

सनैया स्थिति फुलवारी रेष्टुरेन्टमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकारहरुलाई आयोजकले उपस्थितिका लागि आग्रह गरेको छ ।

सन् २०१४ मा स्थापना भएको ठकुरी सहयोग सञ्जाल कतारले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २०८२ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस