दोहा -प्रवासी भुजेल समाज, कतारको आठौँ महाधिवेशन हुने भएको छ ।
समाजको आठौँ महाधिवेशन यही जनवरी ३० तारिक शुक्रबारका दिन प्लाजा मल स्थित जिम्बु थकाली रेस्टुरेन्टमा हुने आयोजकले जनाएको छ।
भुजेल जातिको विकास र उन्नतिको आधार : सांस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने मूल नाराका साथ सन २०१० मा स्थापना भएको प्रवासी भुजेल समाजको आठौँ महाधिवेशन बिहान ११ बजे बाट सुरु हुनेछ ।
कार्यक्रममा कतारमा रहेका भुजेल दाजुभाई तथा दिदिबहिनी साथै गैर भुजेल दाजुभाई दिदिबहिनीहरूलाई पनि उपस्तिथिको लागि आयोजकले अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार