२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

हाया कार्डको अवधि १ वर्ष थप

दोहा:हाया कार्ड भएका व्यक्तिले अझै एक वर्ष कतार आउन पाउने भएका छन।

कतारको आन्तरिक मन्त्रालयले आज एक सुचना जारी गर्दै हाया कार्डको अवधि १ वर्ष थपे संगै हायाकार्ड भएका व्यक्तिले अझै एक वर्ष कतार आउन पाउने भएका हुन।

हाया कार्ड भएका ब्यक्तिहरु २४ जनवरी २०२४ सम्म कतार प्रवेश गर्न पाउनेछन्।

कतार प्रवेश गर्न हाया पोर्टलबाट स्वीकृति प्रदान गरिएको होटल बुकिङ गर्नुपर्ने,आफन्त र साथिसँग बस्ने भएमा त्यसको विवरण हाल्नुपर्ने, राहदानीमा कम्तिमा ३ महिना म्याद हुनुपर्ने,स्वास्थ्य बिमा गर्नु पर्ने , फर्किने टिकट आवश्यक पर्ने साथै हाया कार्ड भएका व्यक्तिले तीन जनासम्म आफन्त वा साथी बाेलाउन पाउनेछन।

यी प्रक्रिया सबै निःशुल्क हुने मन्त्रालयले जनाएको छ।

कतारले विश्वकप हेर्ने दर्शकका लागि हाया कार्डको व्यवस्था गरेको थियो।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस