२०८३ असोज १८ गते आइतवार | 2026 October 4th Sunday

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: विमल सुवेदीद्वारा मध्यपूर्वबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि जनसम्पर्क समिति मध्यपूर्वको तर्फबाट विमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) कास्की क्षेत्र नं. १ को क्षेत्रीय सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनले नेविसङ्घ कास्कीको सचिव तथा पृथ्वीनारायण क्याम्पस स्ववियु प्रचार समिति संयोजकको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रवासमा रहेर नेपाली जनसम्पर्क समिति कतारको संस्थापक महामन्त्री तथा दुई कार्यकाल सभापतिको रूपमा काम गरेका उनीसँग पार्टीको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा केन्द्रीय प्रचार विभागमा रहेर कार्यसम्पादन गरेको अनुभव छ।

प्रवासमा जनसम्पर्क समितिको विस्तार र सङ्गठन निर्माणको अनुभवलाई पार्टीको केन्द्रीय जिम्मेवारीमा जोड्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्। उनले महाधिवेशन प्रतिनिधि, नेता तथा शुभेच्छुकहरूसँग सहयोग, सल्लाह र अमूल्य मतका लागि अपिल समेत गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस