२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

कतारको मिलिपोल प्रदर्शनीमा ८१९.७७ मिलियन रियालका सम्झौता

दोहा, कतार। कतारमा आयोजित आन्तरिक सुरक्षा तथा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी ‘मिलिपोल कतार २०२६’ को १६औँ संस्करणमा ९६ वटा सम्झौतामा हस्ताक्षर भएको छ। ती सम्झौताको कुल मूल्य ८१९.७७ मिलियन कतारी रियाल (८१ करोड ९७ लाख ७२ हजार ६१२ रियाल) रहेको आयोजकले जनाएको छ।

अक्टोबर २२ मा सम्पन्न तीनदिने प्रदर्शनीमा २७० भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय प्रदर्शक सहभागी भएका थिए। प्रदर्शनीमा १६ हजारभन्दा बढी आगन्तुक सहभागी भएको र यो संख्या अघिल्लो संस्करणको तुलनामा १० प्रतिशतले बढी रहेको आयोजकले जनाएको छ।

मिलिपोल कतार समितिका अध्यक्ष मेजर जनरल नासेर बिन फहद अल थानीले समापन पत्रकार सम्मेलनमा सुरक्षा निकाय, निजी क्षेत्र र प्रविधि प्रदायकबीचको सहकार्य तथा सुरक्षा चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमा जोड दिए।

प्रदर्शनीसँगै आयोजित कृत्रिम बुद्धिमत्ता (एआई) तथा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रविधिको जिम्मेवार प्रयोग, सुशासन र एआईसम्बन्धी विषयमा छलफल गरिएको थियो।

आयोजकका अनुसार मिलिपोल कतारको १७औँ संस्करण सन् २०२८ अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म आयोजना हुनेछ।

प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस