२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

१० औ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागिता जनाउने नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारद्वारा स्वागत

दोहा– दोहामा सुरु भएको १०औ अन्तर्राष्ट्रिय कृषि (AgriteQ) प्रदर्शनी २०२३ मा सहभागिता जनाउने नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको नेतृत्वमा आएको १९ सदस्य नेपाली प्रतिनीधि मण्डललाई  झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।

झापाली सेवा समाज कतारका अध्यक्ष केशव कार्कीको सभातित्वमा भएको स्वागत तथा भेटघाट कार्यक्रम निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा घिमिरेले झापाली समाजले गरेको परोपकारी कामको उच्च मूल्यांकन गर्दै स्वदेश फर्केपछि समाज संगको सहजीकरणमा उद्यमी गराउनको लागि  साथ र सहकार्य गर्ने साथै लगानीमा समेत स्वरोजगारको लगानी समेत जोड्नको लागि प्रयास रहने बताए।

झापाली सेवा समाज कतारका संरक्षक तथा नेपाली ब्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईं ,संरक्षक चुडामणी कार्की,प्रमुख सल्लाहकार भावानी प्रसाद कोईराला लगायतको उपस्तिथित रहेको कार्यक्रमको सहजीकरण ज्वाला शाहीले गरेका थिए।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस