२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

प्रेम स्याङ्तानलाई नेपाल पत्रकार महासंघ जापानको आर्थिक सहयोग

दोहा-दुबै मृगौला पिडित पत्रकार प्रेम स्याङ्तानलाई नेपाल पत्रकार महासंघ जापान शाखाले आर्थिक सहयोग गरेको छ।

नेपाल पत्रकार महासंघ जापान शाखाले नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व सह-सचिव तथा तत्कालिन राजधानी साप्ताहिक कतारका संवाददाता समेत रहेका पत्रकार प्रेम स्याङ्तानलाई २ लाख ५ हजार ३२४ रुपैया सहयोग गरेको हो।

दुबै मृगौला फेल भई सघन उपचार गराई रहेका लामालाई  नेपाल पत्रकार महासंघ जापानले आर्थिक संकलन गरि २ लाख १९ हजार २७० जापानी येन अर्थात् नेपाली २ लाख ५ हजार ३२४ रुपैया सहयोग नेपाल पत्रकार महासंघ केन्द्र मार्फत नेपाल पठाएको हो।

पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, वर्तमान अध्यक्ष शान्त पहरी, कोषाध्यक्ष अर्जुन लामिछानेको सहभागितामा जेएमईकी ललिता तामाङले उक्त सहयोग पठाएको स्लिप हस्तान्तरण गरेका छन ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस