२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न(फोटो फिचर सहित)

दोहा-बिश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।

नेपाली रक्तदाता संघ कतारको समन्वय र कतारमा स्थापित नेपाली संघ- संस्थाहरुको संयुक्त आयोजनामा “बृहत रक्तदान कार्यक्रम” सप्पन्न भएको हो।

हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित कार्यक्रममा कतारस्थित नेपाली कुटनीतिक नियोगका महामहिम राजदुत डाक्टर नरेश विक्रम ढकालले रक्तदान गरेर सुरु भएको कार्यक्रममा नेपाली राजदुतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदी सहित ८४ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन।

रक्तदान गर्न इच्छुक १ सय २७ रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ८४ जनाले रक्तदान गरेका हुन।

आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी  लगायत गरि २ सय २३ जनाको उपस्थित  रहेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस