२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

मोरङसुनसरी सेवा समाज कतारद्वारा गायक निशान भट्टराई सम्मानित

दोहा-मोरङसुनसरी सेवा समाज कतारले  नेपाल आइडल पहिलो सिजनका उपबिजेता चर्चित गायक निशान भट्टराई लाई एक कार्यक्रम बिच सम्मान गरेको छ।

सांगीतिक प्रस्तुतिका लागि गृह जिल्ला बाट दोहा आएका कुनै पनि कलाकारहरुलाई मोसु कतारले बधाई तथा सम्मान गर्दै आएको मोसु कतारका सचिब अच्युत कुमार भट्टराईले जानकारी गराए ।


प्रवासमा आफ्नो सांगीतिक  प्रस्तुती दिन आउँदा गृह जिल्लाबाट यसरी सम्मानित हुन पाउँदा आफू निकै खुशी भएको गायक निशान भट्टराईले बताएका छन ।

उनले अहिलेसम्म मोरङसुनसरी सेवा समाज सुनेको तर यति धेरै सामाजिक कार्यहरुमा सहभागी रहेकोछ भन्ने जानकारी नभएको बताए ।

नेपालमा संस्थाको प्रधान कार्यलय भएको  हुँदा समय मिलेसम्म नेपालमा हुने कार्यक्रममा सहभागी जनाएर संस्थालाई अझ सामाजिक कार्य गर्न सहयोग गर्ने बताए

संस्थाका अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तेज कटुवालले मोसु कतारको बारेमा स्पस्ट पारेका थिए । कार्यसमिति, सल्लाहकार तथा मोसु बासिको बाक्लो उपस्थिति भएको कार्यक्रममा गाएक भट्टराईलाई खादा तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस