२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

दोहा – कर्णाली प्रदेश सेवा समाज दोहा कतारको आयोजना र नेपाली रक्तदाता संघ,कतारको समन्वयमा “बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हमाद (Blood Donar Center) को सभाहलमा बिहानको समय ८ बजे देखि दिनको १ बजे सम्म रक्तदान कार्यक्रम संचालन भएको समाजका अध्यक्ष मोतीलाल बुढामगरले जानकारी दिएका छन।

रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संघठन,जिल्ला संस्था, सामाजिक अभियान्ता,पत्रकार लगायत कतारमा रहेका  विभिन्न व्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो।

सामाजिक व्यक्तित्व भिम तरामु मगरले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।”रक्तदान नै जीवनदान” भन्ने मुल नाराका साथ रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस भन्ने हेतुले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ६ जनाको उपस्तिथि रहेको थियो। ५५ जनाले रक्तदानको लागि रजिष्टेसन गरेका थिए।

जसमध्ये ३० जनाले रक्तदान गर्न सफल भएको र २५  जनाले रक्तदान गर्नबाट बञ्चित भएका थिए ।

रक्तदातालाई कर्णाली प्रदेश सेवा समाज दोहा कतारका अध्यक्ष मोतिलाल बुढामगर, महासचिव सुरेश केसि लगायतले सम्पुर्णमा स – धन्यवाद प्रकट गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस