२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ परिक्षण गर्दै

दोहा (कतार)

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ।

कतारमा कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एनसिसि कतारले अगामी जुन २४ तारीख शुक्रबार एक दिन निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको हो ।

अल वक्रा स्थित एसियन मेडिकल सेन्टरमा गरिने स्वास्थ्य परिक्षणमा १५ जना बिशेषज्ञ डाक्टरहरु सहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाई र तौलको अनुपात) लगाएतका स्वास्थ्य सेवाहरु प्रदान गरिने एनआरएनए एनसीसी कतारका महासचीव पदम गिरिले बताए ।

जुन २४ तारिख शुक्रबार बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म संचालन गरिने स्वास्थ्य परिक्षणमा सहभागी भैई स्वास्थ्य लाभ लिनको लागि संघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस