२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाली समुदायको लागि स्वास्थ्य सामाग्री बितरण

दोहा, कतार /
कतारको परोपकारी संस्था कतार च्यारिटीले कतारमा रहेका नेपाली समुदायहरुको लागि स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

महिला तथा बच्चाहरुको सहयोग कार्यक्रम अन्तर्गत नेपाली समुदायको लागि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार लाई प्राप्त स्वास्थ्य स्यानिटरि,बच्चाहरुको पोषण खाना र स्यानिटरी सामाग्री शुक्रबार बितरण गरिएको हो ।

एनआरएनए एनसीसी कतारको महिला बिभाग र नेपाली महिला समाज कतारद्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई सामाग्री बितरण गरिएको एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

सामाग्री बितरण कार्यक्रममा एनसीसी कतारका सल्लाहकार मोहम्मद अजिज अलि, भाईकाजी गुरुङ, कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु, नेपाली महिला समाज कतारकी प्रथम उपाध्यक्ष माया केसी र कार्यसमिति तथा एनसीसी कतारको महिला बिभागका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बितरण गरिएका सामाग्रीका बिबरणहरु:
१) टुथ पेस्ट – ५०० वटा
२) टुथ ब्रस – ५०० वटा
३) बेबि डाइपर साईज १ – ५९४ वटा
४) बेबि डाइपर साईज २ – ९०० वटा
५) बेबि डाइपर साईज ३ – ४६८ वटा
६) बेबि डाइपर साईज ४ – ११२० वटा
७) फेसियल टिस्यु – ४६८ प्याकेट
८) वेट वाईप टिस्यु – १५३ प्याकेट
९) बच्चाको पोषण खाना – १२० प्याकेट
१०) महिला स्यानिटरी प्याड – ८३ प्याकेट
११) टेम्प स्यानिटरि प्याड – २४ प्याकेट

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस