२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

परियार मित्रता समाज कतारद्वारा तिजको शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न

दोहा- नेपाली नारीहरुले मनाउने पृथक पर्व हरितालिका तिज नेपाल जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलिहरुले विभिन्न गित सङ्गितका साथ रमाइलो गरि कतारमा पनि शुक्रबार हरितालिका तिज मनाएका छन।
परियार मित्रता समाज कतारद्वारा आयोजित व्हाईट हाउस रेस्टुरेन्टको सभाहलमा संस्थाको अध्यक्ष शालिकराम परियारको सभापतित्वमा सप्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली महिला समाजकी अध्यक्ष सरिता भण्डारी रहेका थिए।

ब्यानर उदघाटन तथा दिल प्रजलन गरि पन्चे बाजा बजाएर, राष्ट्रिय गित बाट औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा उपस्थित विभिन्न गायिक- गायिकाहरुले तिजका गित गाएर उपस्थित महिला दिदिबहिनीहरु त कमर भाची भाची नाचेका थिए।उपस्थित युवाहरुको जोसिलो नृत्यले पनि कार्यक्रम हेर्न लायक थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले नेपाली नारीहरुले मनाउने पर्व हरितालिका तिजकोको आयोजना गरेको परियार मित्रता समाजका सम्पूर्ण पदाधिकारी धन्यवाद दिदै उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शुभकामना राखेकी थिईन।
कार्यक्रम विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारी बुद्धिजीवी, समाजसेवी ,पत्रकार , कलाकारहरुको उपस्थिति सहित आ- आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण शुनील परियारले गरेका थिए भने समापन सभाध्यक्ष शालिकराम परियार गरेका थिए।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस