२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

बागमती प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न

दोहा कतार,  ४ सेप्टेम्बर । बागमती प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । परिषद्का कार्यवाहक अध्यक्ष विष्णु भण्डारीको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश ढकालको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

 

विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अधिवेशनमा बोल्दै प्रमुख अतिथि ढकालले देशको संरचना अनुसार संस्था स्थापना हुनु राम्रो भए पनि कतारमा संस्था धेरै खुलेको आफूले देखेको बताए । कतारमा स्थापित सस्थाहरु बढीमा पन्ध्रमा समेट्न भन्दै नेपालको संघ सस्था समन्धी कानुन सम्बत दर्ता भएर कतारमा साखा खोल्न सक्नेलाई दुताबासले विधिवत सुचिकृत गर्नेपनि बताए l ढकालले यसरी सुचिकृत भएका सस्थालाई उनीहरुको सामाजिक गतिविधिलाई नियाल्दै दुताबासले प्रेरणाको प्रमाणपत्र समेत दिन सक्ने  बताए   l  दूतावासले संस्था सूचीकृत गर्दै आएको  भएपनि एक्सेलसीटमा मात्र  सीमित रहेको बताउदै  अघिल्लो महिना देखि सूचिकृत समेत नगरिएको जानकारी दिए l

 

कार्यक्रममा बोल्ने वक्ताहरूले संस्था केही सुस्ताएको जस्तो देखिए पनि अब बन्ने नयाँ कार्यसमिति प्रभावकारी काम गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा कतारमा स्थापित संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको बन्द सत्रबाट राज देवकोटा (चितवन) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार घिमिरे (काठमाडौं), महिला उपाध्यक्ष शर्मिला बस्नेत (चितवन), कोषाध्यक्ष सुदर्शन भण्डारी (धादिङ), सह–कोषाध्यक्ष मनोज दाहाल (काभ्रे) रहेका छन्  त्यसै गरी खुल्ला सदस्यहरूमा अजय श्रेष्ठ र निरा श्रेष्ठ ( काठमाडौं), ध्रुव क्षेत्री (चितवन), विनोद राना मगर (सिन्धुली), गजेन्द्र चालिसे (नुवाकोट), नरबहादुर तामाङ, शुकदेव खड्का र प्रकाश दर्नाल (रामेछाप), सोमनाथ कँडेल (धादिङ), कृष्ण प्रसाद ढकाल (मकवानपुर) रहेका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक रामहरि गैह्रेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

यद्यपि : बागमती प्रदेशभित्रका रामेछाप सेवा समाज क़तार,दोलखा सेवा समाज क़तार,सिन्धुलि सेवा समाज क़तार,काभ्रेपलान्चोक सेवा समाज क़तार,नुवाकोट सेवा समाज क़तार लगाएतका ५  जिल्लाहरुले  संयुक्त  बिज्ञप्ति निकाल्दै आफुहरु बागमती प्रदेश समन्वय परिषद् बाट बाहिरिएको जनाएका छन् l यो पनि पद्नु होस् 

बागमती प्रदेश समन्वय परिसद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध !

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस