२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

गोरखा सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्दै

गोरखा सेवा समाज कतारले  “वृहत रक्तदान कार्यक्रम” गर्ने भएको छ  । आगामी शुक्रबार  अक्टोबर १४ तारिख वारका दिन “रक्तदान, जीवन दान” भन्ने नाराका साथ समाज कतारले “वृहत रक्तदान कार्यक्रम” आयोजना गर्न लागेको हो  ।

हमाद अस्पतालको हमाद हस्पिटलको नयाँ ब्लड डोनर केन्द्रमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली रक्तदाता संघको समन्वयमा आयोजना गरेको संस्थाका अध्यक्ष रामजी खत्रीले संक्षिप्त कुराकानी क्रममा जानकारी दिए ।

कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर रक्तदान गरिदिन अनुरोध गरिएको छ ।

रक्तदान कार्यक्रम स्थानीय समयानुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै रहने हुँदा समयमै उपस्थिति जनाउन समेत खत्रीले आग्रह गरेका छन ।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भैइ “रक्तदान जीवन दान” मुलमन्त्र आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ समाजले प्रत्येक ६/६ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस