२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

अनेमुस कतार र राज देवकोटा विवाद चुलिदै : स्पष्टीकरण नआएसम्म बहिस्कार ( बिज्ञप्ति सहित )

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार र बागमती  प्रदेशका अध्यक्ष राज देवकोटा विवाद चुलिदै गएको छ l  गत मिति २०२२,अक्टुबर २१ तारीकका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा भएको विबाद समाधान नभए पछि अनेमुस ले एक प्रेस विज्ञप्ति निकाली  राज देबकोटा आवद्द सस्थाहरुलाई बहिस्कार गर्ने निर्णय गरेको छ l
प्रेस बिज्ञप्ति यस प्रकार छ l
गत मिति २०२२,अक्टुबर २१ तारीकका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारबारे व्यक्त अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।नेपाली राजदूतावासको सभाहलमा भएको कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा बागमती प्रदेश समन्वय समिति कतार अध्यक्ष राज देवकोटाले दिएको अभिव्यक्तीप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो ।
पृथक संस्था, पृथक कार्यक्रम र आयोजनामा विषयभन्दा बाहिर गई यस अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको हालै सम्पन्न अधिवेशनलाई मुद्दा बनाई मन्तव्य दिने नाममा हाम्रो संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको रुपमा हामीले लिएका छौं, जसको हामी घोर निन्दा गर्दछौं । आफ्नो मन्तव्यमा “हाम्रो समाज कता जाँदै छ?” भन्ने प्रश्न तेर्साउँदै अन्तर्राष्ट्रिय नेपाली समाजको अधिवेशनमा कसलाई निम्तो दिइएन, कसलाई मान सम्मान दिइएन जस्ता अव्यबहारिक चिन्ता जाहेर गर्दा कतारको नेपाली समुदाय त अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका कारण क्षतिग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने भ्रम सिर्जना गर्ने कोसिस उनको मन्तव्यबाट प्रष्टिन्छ । कुनैपनि संस्थाको आन्तरिक मामिलामाथी प्रश्न उठाउनुलाई सहज रूपमा लिन सकिँदैन ।
कुन व्यक्तिलाई निम्तो दिने कसलाई कुन स्थान दिने वा नदिने भन्ने विषय संवन्धित संस्थाको आन्तरिक आचार संहिता एवं आन्तरिक निति र नियमसँग संवन्धित हुन्छ । हामी कतारमा स्थापित संघ संस्थाहरुप्रति सम्मान प्रकट गर्दछौं, सबै संस्थाहरुको सहअस्तित्वलाई स्वीकार गर्नु हाम्रो मूल्य मान्यताभित्र पर्दछ, हामीपनि चाहन्छौं कि हाम्रो पनि अस्तिवलाई स्वीकार गरियोस ! नेपालीहरुद्वारा आस्थागत रुपमा मान्दै आई रहेका पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना दिने बहानामा कुनै संस्थाको आन्तरिक मामिलामा हस्तक्षेपकारी अभिव्यक्ती दिने कुचेष्टाले हामी र हाम्रो समुदायलाई आघात पुर्याएको छ । व्यक्तिगत तथा राजनितीक कुण्ठाबाट अभिप्रेरित अभिव्यक्ती कदापी स्वीकार्य हुन सक्दैन । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारलाई राजनितीक भर्ती केन्द्र बनाउने कुचेष्टा र पदीय मर्यादाभन्दा बाहिर गएर सामाजिक विचारको दुरुपयोग गरिएको हाम्रो ठहर छ । व्यक्तिगत तथा राजनितीक स्वार्थ र कुण्ठाको आडमा हुने कुनैपनि गलत जोडबाजीको हामी खुलेर विरोध गर्दछौं । अत: आफ्नो अभिव्यक्तिलाई सच्याई नेपाली मुस्लिम समुदाय र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारप्रति राज देवकोटाको धारणा स्पष्ट नभएसम्मको लागि प्रत्यक्ष रुपमा उनी आवद्व कुनैपनि संघ संस्थाहरुसँग कुनै प्रकारको संवन्ध नरहने र आवस्यक परे अन्य प्रक्रियामा जाने समेत स्पष्ट पार्न चाहन्छौ ।
धन्यवाद ​​अध्यक्ष ​
अजमत अलि
अ ने मु स कतार परिवार
May be an image of text

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस