२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न

दोहा-नेपाली रक्तदाता संघ कतारको समन्वयमा ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ।

नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।

हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा सम्पन्न कार्यक्रममा ७१ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष रामजि खत्रीले जानकारी दिएका छन।

आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी  लगायत १८३ जना उपस्थित कार्यक्रममा ७१ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।

परोपकारी र मानवीय सेवाभावले प्रेरित भई सन् २०२० मा कतारमा स्थापना भएको नेपाली रक्तदाता संघले रक्तदान साथै रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस