२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

नेपाली महिला समाज कतारले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै

दोहा-नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउने भएको छ।

मार्च १० तारिक शुक्रबारका दिन नज्मा स्थित शालीमार रेष्टुरेन्टमा केवल महिला दिदिबहिनीहरुको उपस्थितीमा शुभकामना आदानप्रदान साथै सचेतना कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउन लागिएको हो।

कतारमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्तिथिको लागि आयोजकले अनुरोध गरेको छ ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवस”लैङ्गिक समानताका लागि डिजिटल प्रविधि र नवीनता “भन्ने मुल नाराका साथ मनाइदै छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

“नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना”भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली दिदिबहिनीहरुको हक,हित र अधिकारका लागि आवाज उठाउने र सकेको सहयोग गर्ने उद्देशका साथ वि. सं.२०६९ सालमा कतारमा स्थापना भएको नेपाली महिला  समाज कतारले विविध सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस