२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा एउटै ब्यानरमा तिन कार्यक्रम सम्पन्न

दोहा-नेपाली भाषाको उत्थान र सम्बर्द्धनका लागि खोलिएका दुई साहित्यिक संस्थाले एउटै ब्यानर मुनी तिन कार्यक्रम सम्पन्न गरेका छन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनलय कतारको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

रमेश स्‍मृति कोष नेपाल द्वारा स्थापना गरिएको कार्यक्रममा रमेश हरिलट्ठक सम्मान बाट कतारका कवि तीर्थ संगम राईलाई सम्मान गरिएको थियो। राईलाई दोसल्ला,सम्मन पत्र र नगद सहित सम्मान गरिएको कार्यक्रमका सभापति दीप मिलनले जानकारी गराए।

त्यस्तै गरी लामो समयदेखि कतारमा रहेर नेपाली श्रमिकको हकहितमा कलम तथा आवाज उठाउदै आएका लेखक रमजान अलि मियाको नयाँ कृति मैले देखेको कतार माथि पनि चर्चा गरिएको  थियो।

कल्याण थापाले सहजिकरण गरेको उक्त कार्यक्रममा सामाजिक अभियन्ता सागर नेपाल र साहित्यकार बिनोद खड्काले पुस्तक माथि प्रष्ट्याएका,थिए।

लेखकले कतारको हरेक क्षेत्रलाई अनुसन्धान गरी पुस्तकमा उतारेका छन।उनले कतारमा रहेर काम गर्ने सबै प्रकारका श्रमिकहरुको यथार्थ पुस्तक मार्फत उजारण गरेको सामाजिक अभियन्ता नेपालले बताए।

पुस्तक कतारको बारेमा नेपालीलाई एतिहासिक दस्ताबेज हुने सम्म रहेको  साहित्यकार बिनोद खड्काले बताए ।
लेखक मियाले पुस्तक लेखनमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा अर्को नयाँ कृति पनि निकाल्नलाई हौसला मिलेको बताए। मियाले बिभिन्न भाषामा थुप्रै पुस्तक प्रकाशन गरिसकेका छन ।

त्यस्तै गरी अन्तर्राष्ट्रिय, नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनलय कतारको नियमित वाचन डबली समेत सम्पन्न भएको थियो ।

डबलिमा मणी पौडेल,लेख कार्की, दिलिप पराजुली, सानु थपालिया, शेखर बस्नेत, दीप मिलन, रुप रसाईली, धर्म सन्देश, बिन्दा लामा, स्वतन्त्र नेपाल, सोम थापा,नारायण निर्जल आदिले गजल तथा कविता वाचन गरेका थिए।

डबलीको बिशिस्ठ श्रोताको रुपमा सामाजिक अभियन्ता के बि हमाल रहेका थिए।हमालले दोहामा रहेको यो साहित्यिक संस्थाले गरेको साहित्य प्रतिको भावलाई सम्मान् गर्दै नेपाली भाषाको सम्बर्द्धन लागि प्रवासमा गरेको कामको लागि खुलेर प्रशंसा गरे।

वाचन डबलीको १३२औ श्रिंखलालाई गजलकार श्यामराज रानाभाटले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस