२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा हरेक दिन हुने कार्यक्रममा ठुलो धनराशी खर्च,यसको न्युनिकरण गर्न महामहिम ढकालको आग्रह

दोहा-नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले दोहामा हरेक दिन हुने कार्यक्रमले ठुलो धनराशी खर्च भएको बताएका छन।

दोहामा पछिल्लो समय नेपाली समाजमा एकदम बढी कार्यक्रम हुने र यस कार्यक्रममा ठुलो धनराशी खर्च हुने भएकाले आउने दिनहरुमा यसको न्युनिकरण गर्न आग्रह समेत गरेका छन ।

पछिल्लो समय नेपाली समाजमा एकदम बढी कार्यक्रम हुने भएकाले दुताबास परिवारबाट पनि सबै कार्यक्रममा उपस्तिथी जनाउन नसकिएको अवस्था रहेको उनलेे बताए।

कोसी प्रदेश समन्वय परिषद,कतारको आयोजनामा भएको ”Winter outdoor festival 2023″ कार्यक्रममा बोल्दै उनले दुतावास श्रमिकको हितमा काम गर्न बसेकाले केहि समस्या भए दुतावासमा नै आएर समस्या को समाधन गर्न अनुरोध गरेका छन

उनले भने ” हामी आफ्नो देश भन्दा बाहिर छौ तर देश बिर्सेका छैनौ, त्यही भएर आफ्नो रहनसहन्, भेषभु्षा र परम्परालाई भुल्न  हुन्न “।

दुतावासले आउने नयाँ  बर्षदेखी कतारका सबै समुदायलाई समेटेर यौटै क्यालेन्डर हुने समेत जानकारी गराए।नेपाल सरकारले श्रम स्विकृती दुईबर्ष सम्मको लागी मात्र भएकोमा आहिले आएर पाच बर्षको बनाउने र त्यसको लागी पनि दुतावासबाट नै गर्न सकिने  बताए ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस