२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाल मगर संघ कतारको अध्यक्षमा रेशम आले

दोहा : नेपाल मगर संघ,शाखा कतारको “१५औ राष्ट्रिय महाधिवेशन तथा २३ औ बार्षिकोत्सव” कार्यक्रम सम्पन्न भएको छ । अधिबेशन बाट अध्यक्षमा रेशम आले मगर निर्विरोध निर्वाचित भएका हुन l

कार्यसमितीको प्रथम उपाध्यक्षमा देबी कुमारी मगर,द्वितिृय उपाध्यक्षमा कुमार राहादी मगर,महिला उपाध्यक्षमा भद्रमाया (बिना) मगर महासचिवमा समिर थापा मगर,सचिबमा सोम बा थापा मगर, संगठन सचिबमा दिपक एक्चाई मगर,कोषाध्यक्षमा पाण्डप थापा मगर, सह-कोषाध्यक्ष-भक्त ढेगा मगर,कला तथा सांस्कृतिक बिभाग संयोजकमा ओम बा. थापा मगर, र भाषा लिपी तथा साहित्य बिभाग संयोजकमा तुसार पुन मगर चयन भएका हुन ।

अन्य कार्यसमिति सदस्यहरुमा दुर्गा थापा मगर,सानु पुलामी मगर,महादेव थापा मगर, लक्ष्मी (रबिना) मगर,चेत बा. बलमपाकी मगर,पवन थापा मगर, बिनोद राना मगर,दिलुमाया राना मगर,पूर्ण राना मगर,जितु मगर,पदम आले मगर,मनु गाहा मगर,धनप्रसाद राना मगर निर्बिरोध रुपमा चयन भएका छन ।

संघले कला तथा सांस्कृतिक बिभाग र भाषा लिपी तथा साहित्य बिभाग पनि चयन गरेको छ नवनिर्वाचित पदाधिकारीहरुलाई संघका सल्लाहकार सदस्य रमेश कनौजे मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

संघका अध्यक्ष बिवेक पुलामी मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ शाखा कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यमा सप्पन्न सभामा दोहमा स्थापित सामाजिक बौद्धिक ,बैचारिक, जिल्लागत लगायतका संघ संस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो ।

आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि डिएन मगरले सभ्य समाज बनाउन,समाज निर्माण गर्न, स्टेजमा बोलेर भाषण गरेर मात्र न हुने आफैबाट अभियान सुरु गर्नुपर्ने बताए । समाज एकता गर्न अभियानमा सबैलाई जुटन आग्रह गर्दै आफुपनि साथै र सङ्गै तप्पर रहने बताए।

मगरहरुको संस्कार अनुसार सभापति,प्रमुख अतिथि,सांस्कृतिक वाङ (राजा) प्रमुख सल्लाहकार र एनआरएन ए एनसिसी कतारका प्रथम उपाध्यक्ष जैबी राईलाई फेटाद्धारा सम्मान गरिएको थियो ।

सभा हलमा संघमा आवद्ध कलाकारहरुले जोडदार सांस्कृतिक प्रस्तुति दिएका थिए, संघले आयोजना गरेका विभिन्न कार्यमा विभिन्न तह र तप्काबाट सहयोग गरेका विशेष सहयोगी संघ सस्थां संघमा आवद्ध रहेका कलाकारहरु स्थानीय कलाकार, र पत्रकारहरुलाई सम्मान गरिएको थियो

सभाको समापन गर्दै सभापति मगरले सबैको साथ र सहयोगले आफ्नो कार्यकाल सफल भएको बताए । विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने कतारमा स्थापित सम्पुर्ण संघ-सस्थां संघमा आवद्ध एरिया कमिटी, बिभाग,र कार्यक्रम सभ्य र भब्य बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद कृतज्ञता प्रकट गर्दै खुल्ला सत्र बन्द भएको घोषणा गर्दै कार्यक्रमको समापन गरेका थिए । संघका द्धित्तिय उपाध्यक्ष देबी मगरको स्वागत मन्तव्य रहेको सभालाई संघका का:वा महासचिव समीर थापा मगरले सहजीकरण गरेका थिए

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस