२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतार: सचिवमा पर्वतका क्षत्रीको उम्मेदवारी मनोनयन

दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि पर्वतका ओम बहादुर क्षत्री (सन्तोष) ले उम्मेदवारी मनोनयन गरेका छन् ।उनीसहित तिन सचिवको लागी  ७ जनाको उम्मेदवारी परेको छl

एनआरएनए कतारको दुई कार्यकाल २०१९ देखी २०२३ सम्म प्रवक्ता भएर कामको अनुभव सङ्गालेका क्षेत्री पर्वत समाज कतारको निवर्तमान प्रथम उपाध्यक्ष,खस क्षत्री सेवा समाजको पुर्व प्रवक्ता,डेढ दशक देखी पत्रकारीता र नेपाली रक्तदाता संघ कतारको संस्थापक सचिव, वर्तमान सल्लाहकार समेत रहि आएका छ्न ।

रोजगारीबाट बचेको समयलाई सामाजिक कार्यमा अर्पण गर्दै आएका क्षेत्रीले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको बताउछन ।

एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा अमुल्य साथ र सहयोगको अपेक्षा गर्ने क्षेत्री बताउछन ।

21 जुलाई बाट सरेर संघको निर्वाचन अगामी २७- २८ जुलाई २०२३मा हुने कार्यतालिका रहेको छ । निर्वाचनको लागी उमेदवारी दर्ता हिजो  अर्थात् 21 जुलाईमा भएको थियो l

क्षेत्रीले सामाजिक संजालमा गरेको अपिल !

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा मेरो उम्मेद्वारी ।

आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजिवि व्यवसायी, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।

मध्यपुर्वको पहिलो एवं गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९–२०२१ र सन् २०२१–२०२३ लगातार दुई कार्यकाल प्रवक्तामा रहि काम गरेको सबैमा अवगत नै छ । यही अभियानलाई निरन्तरता दिदै झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्देगर्दा प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु । एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा गर्दछु ।

ओम बहादुर क्षत्री (सन्तोष)
सचीव पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस