२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

एनआरएनए कतार २०२३-२०२५ : सदस्य पदमा पत्रकार कुँवर निर्वाचित

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको सदस्य पदमा पत्रकार सन्तोष कुँवर निर्वाचित भएका छ्न । उनले ३ हजार चार सर छयालीस मत ल्याएर सदस्य पदमा निर्वाचित भएका हुन l

सन २०१० मा कतार छिरेका उनले अर्घाखाँची सेवा समाज कतार, सन्ध्याग्रुप अलखोर, र एनसिसि कतारको प्रचार बिभाग समिती सहित सक्रिय रुपमा सामुदायिक पत्रकारिता गर्दै आइरहेका छ्न ।

डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो ।दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए ।

८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले मात्र मतदान गरेका थिए ।

कुँवर सहित नवनिर्वाचित सम्पूर्ण ले हिजो शनिबार दशौँ महाधिवेशनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस