२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

नेपाली महिला समाज कतारले सयुक्त तिज कार्यक्रम गर्ने

दोहा ,अगस्ट २

नेपाली महिला समाज कतार ले कतार मा स्थापित सम्पुर्ण सघ सस्थाहरु को सयुक्त आयोजना मा तिज कार्यक्रम मनाउने भएको छ ।

नेपाली महिला समाज कतारद्वारा नेपाली महिलाहरुको महान पर्व “तिज” को अवसर पारी मिति १५/०९/२०२३ मा शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सहित लोक दोहोरि प्रतिष्ठान कतार शाखा र दोहा कतारमा स्थापित संघसंस्थाहरुमा आबद्द कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुति सहितको तिज बिशेष कार्यक्रम संयुक्तरुपमा आयोजना गरिने भएको छ साथै , नेपाली दुताबास दोहा कतारमा गरिएको सहमति लाई मध्यनजर गर्दै यस तिज कार्यक्रममा “आयोजक” संस्थाको रुपमा समन्वय गर्न कतारमा स्थापित सम्पुर्ण संघसंस्था प्रमुख ज्यु हरु लाई समाज कि अध्यक्ष सरिता भण्डारी पौडेल ले अनुरोध गरेकी छन ।

कार्यक्रम को स्थान सहभागी सम्पुर्ण सघ सस्था हरु सङ समन्वय गरि तय गरिने हुदा जति सक्दो छिटो सहभागी हुन चाहने इच्छुक सघ सस्था हरु ले समाज लाई आफ्नो नाम यहि अगस्ट १० तारिक २३ भित्र टिपाइ सहयोग गरि दिनु हुन पनि अनुरोध गरेकी छन।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस