२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

लमजुङ सेवा समाज कतारको रक्तदान कार्यक्रममा ८१ जनाले गरे रक्तदान

दोहा, : लमजुङ सेवा समाज कतारको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् l ‘रक्तदान नै जीवन दान हो रक्तदान गरौं, परोपकारी कार्यमा सहभागी होऔं’ भन्ने नाराका साथ लमजुङ सेवा समाज कतारले गरेको बृहत् रक्तदान कार्यक्रम एक भारतीय सहित ८१ जनाले रक्तदान गरेका हुन् l

कतारको सरकारी अस्पताल हमादको ‘ब्लड डोनर सेन्टर’मा सम्पन्न भएकोकार्यक्रममा कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित नेपालीलगायत अन्य देशका नागरिक सहित २ सय १ जनाको उपस्थिति रहेको समाजका अध्यक्ष सिताराम थापाका जनाए l

रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्रसहित खादा र ढाका टोपी लगाएर सम्मान गरेको थियो । अन्य रक्तदान कार्यक्रम भन्दा फरक देखिएको आजको कार्यक्रममा उपस्थित हरुबाट सुझाब समेत संकलन गरिएको थियो l

कार्यक्रम बिहान ८ बजेबाट शुरु भएर दिउँसो २ बजेसम्म चलेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस