२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनसीसी कतारद्वारा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दोहा – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

कार्तिक १७ गते शुक्रबार मध्यराती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनासकारी  भुकम्पमा परि ज्यान गुमाएका १५४ जना मृतक,परिवारहरु प्रती श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम एनसीसी कतारले दूतावासको सभा हलमा सम्पन्न गरेको हो ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व र नेपाली राजदुतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा भुकम्पमा परि घाइते भएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो भने बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका मृतकको  सम्झनामा दिप प्रज्वलन गरि आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।

साथै पिडित परिवारलाई राहत बितरणका लागि एनसीसी कतारले चलाएको यथा सक्य रकम संकलन अभियानमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारले पीडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम १७ सय १३ कतारी रियल सोही कार्यक्रममा प्रदेशका कार्यवाहक अध्यक्ष डिल्ली राम भट्टराईले एनसीसी कतारका अध्यक्ष रमेश भट्टलाई हस्तान्तरण गरेका थिए।

उनले कतारमा स्थापित संघ संस्थाहरुले आ-आफ्नो क्षेत्रबाट राहत संकलन गरिएको समेत बताए उक्त रकम दूतावास मार्फत प्रधानमन्त्री राज्यकोषमा पठाईने छ।

राहत बितरणका लागि एनसीसी कतारले पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

विभिन्न संघ संस्थाका प्रमुख,प्रतिनिधि लगायतको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण महासचिव रविन मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस