२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

माछापुच्छ्रे बैंकद्वारा कतारमा औपचारिक शुभारम्भ एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोहा – माछापुच्छ्रे बैंक र अल्फरदान एक्सचेन्ज कतार वीच भएको व्यवसायीक कारोवार आजबाट औपचारिक शुभारम्भ गरिएको छ।

कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत नेपाल सजिलै पैसा पठाउन सकिने व्यवसायीक कारोवारको आज एक अन्तरक्रियात्मक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको हो।

नेपाली राजदुतावास दोहा कतारका कार्यबाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रमका विशिष्ट अतिथि माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने तथा व्यवसायीक साझेदार तथा अलफर्दान एक्सचेन्ज कतारका अपरेशन हेड मोहम्मद हिसाम रहेका थिए ।

 

नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लगाई लगायत कतारमा रहेका नेपाली व्यवसायी एवं गैरआवासीय नेपाली संघका अभियन्ताहरूको विशेष आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व बैंकका मध्यपूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले गरेका थिए ।

कतारमा रहेका सम्पूर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत नेपाल पैसा पठाउन सक्ने भएका हुन्।

बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको बैंकले देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई २४ सै घण्टा सेवा सुबिधा दिदै आएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको र्बैंकका हालसम्म देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस