२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

सच्चिएर नगए   अविश्वासको प्रस्ताव पेश गर्नेछौ : पदम गिरी

दोहा,

१०औ अधिवेशनका अध्यक्षका प्रत्याशी तथा निवर्तमान महासचिव पदम गिरीले गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको वर्तमान नेतृत्व सच्चिएर नगए अविश्वासको प्रस्ताव पेश गर्ने बताएका छन् l बिहीबार पत्रकार सम्मेलन गर्दै गिरीले वर्तमान कार्यसमिति  सुरुका दिन देखिनै विधान विपरीत निर्णयहरू गर्दै आएकाले अविलम्व विधान विपरीत निर्णयहरू फिर्ता गर्दै सच्चिएर नगए आफूहरू विधानलाई पछ्याउँदै विशेष भेलामार्फत अविश्वासको प्रस्ताव पेस गर्ने बताएका हुन l

वर्तमान कार्यसमितिलाई दबावपूर्ण खबरदारी गर्नको लागी गरिएको पत्रकार सम्मेलनमा गिरीले वर्तमान नेतृत्व सहित सम्पूर्ण नेपाली समाजका प्रमुखहरुलाई निम्ताएको बताएका थिए l कोषाध्यक्षका प्रत्याशी तथा निवर्तमान लेखा संयोजक सन्तोष रेग्मीले सहजीकरण गरेको सम्मेलनमा गिरि स्वयंले एनआरएनए का १२ बुँदे गलत गतिविधि पढेर सुनाएका थिए l

सम्मेलनमा नेपाली समाजका अग्रज तथा एन आर एन ए अभियन्ता कमलमणि गुरागाईँ, सागर नेपाल, नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापति ठाकुर परियार ,नेपाली समाजका अध्यक्ष  मनिष यादव , नेपाली सम्पर्क विभागका समापित अब्दुल करिम , प्रवासी नेपाली एकता मञ्चका सल्लाहकार प्रमुख गणेश ढकाल , अन्तर्राष्ट्रिय नेपाली समाजका प्रवक्ता ध्रुव क्षेत्री, नेपाल पत्रकार महासङ्घ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ , नेपाल पत्रकार महासङ्घ कतारका निवर्तमान अध्यक्ष करिम बक्स मिया, महिला समाजको प्रथम उपाध्यक्ष सन्ध्या अर्याल साथै एन आर एन ए एन सी सी कतारका निवर्तवान अध्यक्ष मोहम्मद मुक्तादाले आफ्ना भनाई हरू राखेका थिए l

पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै गिरीले हालको नेतृत्वले आफूहरूलाई हिलो छ्याप्नकै निम्ति विभिन्न बहानामामा समाजमा बदनाम बनाउन खोजेको बताएका थिए l

 

 

गिरिले पेश गरेको १२ बुँदे एनआरएनए कतारले गरेका गलत कार्यहरु जस्ताको त्यस्तै l

आदरणीय गैरआवासीय नेपालि संघमा आबद्ध आदारणिय अग्रज तथा ब्यक्तित्व ज्यूहरु, सामाजिक अभियान्ता ज्यूहरु, कतार स्थित नेपालि संघ संस्थाका प्रमुख तथा प्रतिनिधी ज्यूहरु, पत्रकार ज्यूहरु लगायत उपस्थित सम्पूर्णमा मेरो ब्यक्तिगत साथै एनसीसी कतारको दशौ राष्ट्रिय अधिबेसनमा मेरो नेतृत्व उपविजेता समुहको  तर्फबाट सादर नमस्कार ।
सर्बप्रथम हाम्रो छोटो सूचनालाई स्वीकारेर आजको कार्यक्रममा उपस्थित तपाई सम्पूर्णलाई धन्यबाद दिदै यहाहरु प्रति आभार प्रकट गर्दछु ।
प्रवासको जागिरे जिबनको व्यस्तताबाट बचेको थोरै समयलाई आफ्ना ब्यक्तिगत प्रयोजन माथि पनि अन्याय गर्दै समाजको लागि केहि योगदान दिन सकिन्छ भन्ने अभिलासाका साथ अग्रजहरुको मार्गदर्शनलाई पछ्याउदै उहाहरुको समाजप्रतिको योगदानबाट प्रभाबित हुदै कतार प्रवेश संगै कुनै न कुनै माध्यमबाट बिभिन्न भूमिकामा यो समाजप्रति आफुलाई उभ्याउदै आएको पुन एकपटक यहाहरुलाई स्मरण गराउन चाहन्छु । समाजको दुख सुखमा रमाउदै आउने क्रममा पछिल्लो १ दशक गैरआवासीय नेपालि संघको अभियानमा जोडिएर विभिन्न भूमिकामारहदै गत वर्षको दशौ राष्ट्रिय महाधिबेशनमा नेतृत्व लिने अठोटका साथ चुनाबी मैदानमा उत्रिएको यहाहरु जानकारनै हुनुहुन्छ । नेतृत्वको आकांक्षा जाहेर गरेको दिन देखी चुनाबी नतिजा सार्बजनिक हुदा सम्म आएका उतार चढाब, बाधा अबरोधहरु ईतिहासमा तितो अनुभब र गलत नजिर रहनेमा कुनै दुईमत छैन । लोकतान्त्रिक पद्धतिलाई आत्मासाथ गरेर प्रक्रियामा सहभागी भएपछी आउने नतिजा स्वीकार्नुको विकल्प हुदैन भन्ने बुझाई भएतापनि केहि महसुस हुने र सहजै आंकलन गर्न सकिने प्राबिधिक आसंकाले गर्दा चुनाबी परिणाम, प्रक्रिया र भोटि¨ कम्पनि माथिको अबिस्वसनियतालाई ईकिंत गर्दै नतिजा प्रकासन भएकै दिन सम्बन्धित निकायमा परिणाम प्रति असहमति जनाउदै छानबिनका लागि निबेदन दर्ज गरिएको पनि यहांहरुलाई जानकारी गराउदछु र सोको सुनुवाई भईसकेको छैन र पनि समाजलाई निकास दिनुपर्छ र अभियानालाई गतिशील बनाउनुपर्छ साथै संका लागेको र त्रुटिहरु माथि गरिएको गुनासोको छिनोफानो आउदै गर्छ भन्ने बुझाईले जिम्मेवारी पुर्बक नबनिर्बाचित समूहलाई संस्थागत रुपमा कार्यकाल हस्तान्तरण गरियो । विधानले व्यवस्था गरे अनुसार महाधिबेसन हलमा हस्तान्तरण गर्ने क्रममा देखा परेको असमान्य बाताबरण र निबर्तमान भैरहेको समूह तत्कालिन समयको उपविजेता भएकै भरमा बिधानत टुंगिएको बिषयहरुलाई पनि गलत परिभाषित गर्दै सत्यलाई दबाउने गतिबिधि भएको समयमा समाजलाई बिबादित बनाईराख्नु हुदैन र अस्पष्ट भएका बुंदालाई प्रस्ट पारेर समाजलाई जानकारी गराउनुपर्छ भन्ने मान्यताले महाधिबेशनको हलबाटै स्वतन्त्र, शक्ति सम्पन्न आईसीसीको प्रतिनिधत्व गर्नुहुने ब्यक्तिको नेतृत्वमा छानबिन समिति गठन गरि असामान्य बाताबरणलाई सामान्य बनाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरेको मिति देखि हाल सम्म बर्तमान नेतृत्वले उपविजेता र निबर्तमान भईरहेको समुहलाई यो समाजमा कुनै न कुनै कोणबाट  विभिन्न बहानामा एक्ल्याउने, अभियानबाट टाढा बनाउने र कलंकित बनाउने प्रयास जारि गर्दै आएको छ । यति सम्म कि विधानको अपव्याख्या, बिगतमा कुनै अभ्यास नगरिएको र सहजै पुर्बाग्रही आसय देखिने गतिबिधि गर्दै आएको छ । कुनै अभियानमा पक्ष, विपक्ष भएर अघि बढ्दा उपविजेता हुने बितिकै अभियानबाट टाढा रहने र बिधानको उलंघन भई गलत हुदा पनि चुपचाप बस्नु भनेको गलतलाई थप प्रशय दिनु हो र समाजलाई झन् धमिल्याउनु  हो भन्ने बुझाईको साथ् राम्रो कार्यमा प्रसंसा र गलत कार्यको बिरोध र खबरदारी गर्नु हाम्रो जिम्मेवारी ठानेर बर्तमान कार्यसमितिले हाल सम्म गरेको गलत कार्यको बिरोध र खबरदारी स्वरुप  बिधान उल्लंघन  गतिविधिको बिरुद्धमा आगामी दिनमा चालिने कदमहरुको जानकारी गराउन र यहांहरुको राय र सुझाबका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउदछु  ।
एनसिसिको बर्तमान कार्यसमितिले गरेका गलत गतिविधिहरु बुंदागत रुपमा यसप्रकार रहेका छन् ।
१)   महाधिबेशनको हलबाटै स्वतन्त्र, शक्ति सम्पन्न र आईसीसीको प्रतिनिधत्व गर्नुहुने ब्यक्तिको नेतृत्वमा गठित समितिलाई विभिन्न कोणबाट दबाब दिदै छानबिनमा प्रभाब पार्नु र महाधिबेशन मार्फत गठित छानबिन समिति परिषद् भेला वा महाधिबेशन प्रति मात्रै उत्तरदायी हुने सर्बबिदित हुंदा हुदै पनि एनसीसीले आफ्नो मातहातमा राख्न खोज्नु क्षेत्राधिकार बाहिरको कार्य हो ।
२)   बर्तमान कार्यसमितिले आईसिसिको ११ औं महाधिबेशनमा पठाउने प्रतिनिधिहरु आईसीसीको मापदण्ड अनुसारको प्राथमिकतालाई छोडेर आफु निकट र मापदण्ड बाहिरकोब्यक्तिहरुलाई पनि महाधिबेशन प्रतिनिधि पठाएको र जसको बिरोध स्वरूप आईसीसीमा निबेदन दिएपछि केहि प्रतिनिधिहरुको नामावली पछी सच्याएको ।
३)   आईसिसिको ११ औं महाधिबेशनमा पराजित भएपछी पराजित समुहले घोषणा गरेको अन्तरराष्ट्रिय परिषद् र त्यो समुहले आधिकारिकताको लागि गरेको प्रयासलाई बहाना बनाएर बिधि र प्रक्रिया संगत नबनिर्बाचित समुहलाई स्वीकार्न नसकेको जसका कारण बिजेताहरुलाई हाल सम्म औपचारिक रुपमा स्वागत नगरेको अवश्था ।
४)  अभियानको एउटा राष्ट्रिय समन्वय परिसद् भईरहदा जतिपनि गतिबिधिहरु र संस्थागत निर्णयहरु छन् हालसम्म केन्द्रमा रिपोर्टि¨ नगर्नु र संस्थागत न्युनतम सम्बन्ध पनि नहुनु ।
५)   भूकम्प  पिडितका लागि केन्द्रले तोकेको राहत तथा उद्दार कोषमा सबै राष्ट्रिय समन्वय परिसद्हरुलाई सहयोग गर्न गरेको आब्हान लाई अवज्ञा गर्दै आफ्नै ढंगले संकलित रकम केन्द्रले तोकेको च्यानल भन्दा बाहिरबाट बुझाईनु  तर बिस्वको अरु राष्ट्रिय समन्वय परिसद्हरुले केन्द्रको सर्कुलरको पालना गरेको ।
६)   बर्तमान कार्यसमितिको केहि पदाधिकारी र कतारबाट निर्बाचित आईसीसी सदस्य समेतले पराजित पछी समानान्तर घोषणा गरि बनेको अध्यक्षलाई खुल्ला रुपमा सामाजिक संजालमा आईसीसी अध्यक्ष सम्बोधन गरि शुभकामना पोष्ट गरिएको ।
७)   महाधिबेशनको हलबाट बनेको छानबिन समितिले तयार पारेको प्रतिबेदन परिषद भेलामा मात्र सार्बजनिक गर्नु भन्ने परिपत्र सहित बुझाएको रिपोर्ट लाई बिचबाटोमा फेरी रिपोर्ट अध्यन समिति भनेर अर्को समिति बनाईनु ।
८)   गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको बिधान २००३ (एघारौ संसोधन) को परिच्छेद ७ दफा २८ को उपदफा २८.१ को व्यवस्था बिपरित सल्लाहकार संयोजक मनोनयन हालको एनसिसिको नेतृत्वले आफु निकट बैचारिक संस्थामा आस्था राख्ने ब्याक्तिलाई बनाएको र  समितिका केहि सदस्यहरु पनि राष्ट्रिय समन्वय परिषद कतारको पंजीकृत सदस्य समेत नरहेका ।
९)   निबर्तमान कोषाध्यक्षको आर्थिक प्रतिबेदनमा केहि अस्पस्टता भएको गुनासो पछी बनेको छानाबिनको दायारामा तत्कालिन सिंगो कार्यसमिति नराखी केहि ब्यक्तिलाई मात्र राख्नु प्रतिशोपुर्ण भएको प्रष्ट छ । छानबिन समितिको प्रतिबेदन सार्बजनिक नहुदै अध्यक्ष, महासचिब र कोषाध्यक्ष लाई मात्रै  छानाबिनको दायाराको हवाला दिने तर सोहि कार्यकालका उपाध्यक्षहरु, सचिवहरु र अन्य कार्यसमितिका सदस्यहरुलाई छानाबिनको दायाराले नछुनु । जबकि उक्त कार्यकालमा भएका अधिकांस कार्यक्रम र खर्चहरु विभागीय संयोजक मार्फत नै भएका थिए ।
१०) बर्तमान कार्यसमितिले हालको निर्बाचित आईसीसीलाई संस्थागत रुपमा स्विकार नगरिरहदा र केन्द्रमा यो भूगोल बाट निर्बाचित पदाधिकारीहरुलाई निर्बाचित पद अनुसार सम्बोधन गर्न नसकेको अवश्थामा अन्य भूगोलबाट सोहि निर्बाचनमा निर्बाचित पदाधिकारी लाई निर्बाचित पदले सम्बोधन गर्ने साथै सोहि महाधिवेशनमा सफथ खाएका यहाका आईसीसी सदस्यहरुलाई सचिबालय, कार्यसमिति र अन्य कार्यक्रममा आइसीसी सदस्य भनेर सम्बोधन गरि दोहोरो चरित्र देखाउनु ।
११)  एनसीसीको लोगो र नाम प्रयोग भएको पेजमा राजनैतिक पोस्ट आइरहदा र सामाजिक संजालमा छरपस्ट भईरहदा जिम्मेवारी ढंगको स्पस्टीकरण नआउनु साथै बर्तमान कार्यसमितिमा रहेका सदस्यलाई कुनै बैचारिक संस्थाले हामीले मनोनयन गरेको हो हाम्रो बिरुद्धमा बोलेमा फिर्ता हुनुपर्छ भनेर खुल्लमखुल्ला धम्कि सार्बजनिक हुदा र देखिने गरि राजनैतिक हस्तक्षेप हुदा पनि एनसीसीको कुनै स्पस्टिकरण नआउनु ।
१२)  एनसीसीको बर्तमान अध्यक्ष र सचिब समानान्तर आइसिसिको विभिन्न अनलाईन बैठकहरुमा सहभागी हुनु तर औपचारिक रुपमा कुन आइसीसी अन्तर्गत संस्थागत आबद्ध भएको भन्ने कित्ता स्पष्ट नगर्नु ।
आदरणीय ब्यक्तित्वहरु, यहां प्रस्तुत गरिएका सम्पूर्ण बुदाहरुको प्रमाण हामि सित सुरक्षित भएकाले आवस्यक परेको खण्डमा सार्बजनीक सम्म गर्न सकिने र यसरि एउटा गरिमा बोकेको संस्थाको जिम्मेवारि पदमा आसिन ब्याक्तिहरुबाट संस्थाको बिधानलाई बदनियतपुर्ण कुल्चेर पदीय दायित्व र मर्यादालाई अलिकति पनि ख्याल नगरी गैरजिम्मेवार र अबैधानिक रुपमा  यस्ता गलत हर्कत गरिरहदा चुप लागेर बस्दा भबिष्यमा थप बिधान बिपरित कार्यहरु  देखा पर्न सक्ने हुदा एनसीसीको बिधान २००३ को एघारौ संसोधनमा व्यवस्था भए अनुसार कुल परिसद सदस्यको १ चौथाई सदस्यको हस्ताक्षर सहित आईसीसिमा निबेदन पेश गर्दै बिशेष परिसद भेला सम्म बोलाउने तयारि गरिरहेको यहंँहरु सबैमा जानकारी गराउदछु ।
एनसीसीका केहि जिम्मेवार ब्यक्तिहरुबाट प्रतिशोधपुर्ण अवाञ्छित आरोप लगाउने र एनआरएनए अभियान र समाजबाट हामीलाई बदनियतपुर्ण सामाजिक क्षति पुर्याउन खोज्ने कुप्रयासको बिरुद्ध हामिले उठाएको आवाजमा यहांहरुको ऐक्यबद्धताको अपेक्षा गर्दै असल समाज निर्माण र गरिमामय संस्थाको साख बचाउन याहांहरु सबैलाई हार्दिक अनुरोध गर्दछु ।
निबर्तमान महासचिब
एबम अध्यक्षको प्रत्यासी (दशौ महाधिबेसन)
गैरआवासीय नेपालि संघ,राष्ट्रिय समन्वय परिषद कतार
पदम गिरी
निबर्तमान महासचिब
एबम अध्यक्षको प्रत्यासी (दशौ महाधिबेसन)
गैरआवासीय नेपालि संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस