दोहा : गण्डकी प्रदेश समन्वय कतारको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् l आफ्नो मातहतमा रहेका जिल्ला सस्थाहरुको संयुक्त आयोजना र नेपाली रक्तदाता संघ कतारको समन्वय मा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा ५८ रजिस्टर मध्ये ४५ जनाले रक्तदान गरेका हुन् l
कतारको सरकारी अस्पताल हमादको ‘ब्लड डोनर सेन्टर’मा सम्पन्न भएकोकार्यक्रममा कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित नेपालीलगायत नेपाली दुताबास कतारका प्रतिनिधि श्रम सहचारी टिकामणि न्यौपाने सहित करिब १ सय २५ जनाको उपस्थिति रहेको परिसदका अध्यक्ष सागर पौडेल जनाए l
रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्रसहित पाल्पाली ढाका टोपी लगाएर सम्मान गरेको थियो ।
कार्यक्रम बिहान ८ बजेबाट शुरु भएर दिउँसो १ बजेसम्म चलेको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार