२०८१ कार्तिक ५ गते सोमवार | 2024 October 21st Monday

तनहुँ समाजको आयोजनामा कतारमा अस्मिता र बसन्तको साङ्गितिक धमाका

दोहा : तनहुँ सेवा समाज कतारको आयोजनामा, नज्मा स्थित होटल होलिडेकोको सभाहलमा चर्चित कलाकार लोकदोहोरी गायिका (अस्मिता डल्लाकोटि ) र गायक “बसन्त बिस्वकर्माको साथमा कतारमा रहेका स्थानीय कलाकारहरुको विशेष साङ्गितिक प्रस्तुतिमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

“बहुउधेश्यी अक्षय कोषको सहोगार्थ ” नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन (बिहिवार) आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष पदम गिरिको सभापतित्व, नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्रीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा बैचारिक, सामाजिक तथा जिल्लागत संघ संस्था साथै कतारमा कार्यरत थुप्रै गृह जिल्ला बासी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिनराज वाग्लेले राखेका थिए l

कार्यक्रममा विभिन्न बैचारिक तथा जिल्ला संस्था तथा सामाजिक वक्ताहरुले प्रवासमा रहेर पनि इद तथा नयाँ बर्षको अवसरमा साङ्गितिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रृजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै आउने दिनहरुमा संस्थाको अझै उन्नति र प्रगतिको शुभकामना व्यक्त गरे ।

प्रमुख अतिथि क्षेत्रीले तनहुँ समाजले आयोजना गरेको बृहत साङ्गितिक कार्यक्रममा नेपाली दूतावास कतारलाई निमन्त्रणाको लागि धन्यवाद व्यक्त गरे । क्षेत्रीले तनहुँमा जन्मेका आदिकवि भानुभक्त आचार्यको चर्चा गर्दै, नेपाली भाषा,साहित्यको उद्गम स्थल तनहुँ भएको उल्लेख गरे ।

समाजले कतारमा रहेका नेपाली श्रमिकहरुको हक हित तथा सामाजिक कार्यहरु निरन्तर गरिरहेको चर्चा गरेका थिए ।

स्थानिय नेपाली कलाकारहरु द्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा ( चुट्का ) बिशेस समेत बृहत साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको थियो । लोकदोहोरी प्रतिस्ठान कतारका कलाकार द्वारा पनि मीठो (लोकदोहोरी ) प्रस्तुति रहेको थियो ।

कार्यक्रममा गायन तर्फ एनआरएनए सिङ्गर सिजन वान Top 5 फाइनालिस्ट गुना मगर (निशु ),एनआरएनए कतार सिजन ४ बिजेता रुस्तम तामाङ, चन्द्र बिसि, रश्मि बिस्वकर्मा, त्यसैगरि नृत्य तर्फ, निरु श्रेष्ठ, जिबन खालिङ राई,सृष्टि श्रेष्ठ “सिम्रन”, कमल बिक्रम सुनुवार, सुनिल तामाङ,सुनिता शेर्पा लगायतको उत्कृष्ट साङ्गितिक प्रस्तुति रहेको थियो

नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायक बसन्त बिस्वकर्माले कतारमा पहिलो चोटि साङ्गितिक कार्यक्रममा आएको बताउदै आयोजक प्रति कृतज्ञता ज्ञापन गरे । बिस्वकर्माले ( रेलिमाइ ) बाट आफ्नो प्रस्तुति राखेका थिए ।उन्ले करिव (एक दर्जन ) गीतमा सुमधुर स्वरबाट आफ्नो प्रस्तुती राखे ।भरीभराउ हलमा उनलाई दर्शकले भरपुर साथ दिए ।

करिब सात – आठ सय दर्शकले भरीएको उक्त हलमा नाच्नेहरुको भिड थियो । अस्मिता डल्लाकोटिको प्रस्तुतीमा रम्न र रमाउन दर्शकले साँझ सम्म पर्खिरहे ।

दर्शकको पर्खाईको प्यास मेटन झमक्क साँझमा,कसम तिमी हौ (दिलमा बसेकी ) गीत बाट आफ्नो प्रस्तुति राख्न सुरुगरिन । उनले कल धारा पानीको,आहा क्या राम्रो बाग्लुङ पन्चकोट लगायत आफुले स्वर दिएका र हिट भएका मध्यबाट उनले आधा दर्जन भन्दा बढी गीत गाईन । उनको प्रस्तुती दिइरहदा दर्शक नाचिरहे,दर्शकको वान्स मोर पाईरहीन ।

कार्यक्रमको अन्तिम क्षणमा गायिका अस्मिता र गायक बसन्त लगायतको उत्कृष्ट लाइभ दोहोरीको पनि धेरैले मनोरञ्जन लिए । कार्यक्रममा कलाकार, पत्रकार,सहयोगी दातालाई आयोजक संस्थाले मायाँको चिनो प्रदान गरेको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति पदम गिरिले कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यम बाट सहयोग गर्ने तथा नेपाल बाट आमन्त्रित कलाकार लगायतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव सन्तोष रेग्मीले गरेका थिए ।

सबल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नाराका साथ सन : २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेकोछ ।

 

 

 

 

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस