२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

इद अल अजहाको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द रहने

दोहा, कतार:

इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् चाड इद अल अजहाको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द रहने भएको छ । दूतावासले जनाए अनुसार, जुन १६ र १७ तारिक दूतावास बन्द रहनेछ । इद अल अजहाको अवसरमा कतार सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । जसअनुसार, सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू लगायतका सेवाहरू बन्द रहनेछन् । दूतावासले इदपछि जुन १८ तारिक देखि नियमित सेवा सञ्चालन गर्ने जनाएको छ । आवश्यक सेवाका लागि:
  • आपत्कालीन सेवा: दूतावासको आकस्मिक सेवा +974 44675681/ +974 44675683/ +974 44171962 Fax: +974 446756801 मा २४ घण्टा उपलब्ध रहनेछ ।
  • अनलाइन सेवा: दूतावासको वेबसाइट (https://qa.nepalembassy.gov.np/) र सामाजिक सञ्जाल मार्फत आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस