२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा कार्की

दोहा : प्रवासी नेपाली मञ्च कतारको सातौं अधिबेशन बाट अध्यक्षमा चुडामणि कार्की निर्विरोध निर्वाचित भएका छन ।

नेकपा (एमाले ) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रवार डल्ला ड्राइभिङ सेन्टर दोहामा उद्घाटन गरेको अधिवेशन समय अभावका कारण रोकिएपछि सनिश्चवारको लागि मिति तय गरिएको थियो । तर सनिश्चवार पनि उम्मेद्बारीबिच सहमति हुन नसक्दा मंगलबार साँझ मात्र अन्तिम बिन्दुमा पुगेर लामो छलफलपछि नेतृत्व टुङ्गिएको थियो ।

नयाँ कार्यसमितीको अध्यक्ष चुडामणि कार्की – झापा, उपाध्यक्ष बिनेश तामाङ खोटांग,अफसर अली खान मोरङ, टिका कार्की,मोरङ भिम तरामु मगर गुल्मी, सचिव शेषराज तिमिल्सिना पर्वत,उपसचिव खेमराज सुबेदी सुनसरी, मेनुका खतिवडा भण्डारी धादिङ, शोभाकर भुषाल अर्घाखाँची जमिर नदाफ धनुषा रहेका छ्न ।

कार्यसमिति सदस्य हरुमा श्रीधर आचार्य अर्घाखाँचीशिव कुमार भुजेल झापा, नवराज शाही बाँके ,गोपाल बस्नेत भोजपुर,गोपाल खतिवडा सुनसरी, हेमराज रिमाल (दिपक) तेह्रथुम, निरन नेपाल सुनसरी, किरण परियार झापा,टंक बहादुर बिक सल्यान, कमलेश महतो धनुषा, मो. असलम साफी धनुषा, रबिन खत्री पाँचथर, सुदर्शन भण्डारी नुवाकोट,रेशम तामाङ तनहुँ, श्याम पाण्डे पर्वत, मान सिह बिक , भेष बहादर गुरुङ कास्की, भिमबहादुर बिश्वकर्मा सुनसरी,उषा रिमाल नेपाल धादिङ, कृष्ण कुमार बस्नेत अर्घाखाँची नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमिती लाई अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

नव निर्वाचित अध्यक्ष कार्कीले सकारात्मक कार्यहरुको निरन्तरता दिने, सङ्गठन बिस्तार गर्ने, सङ्गठनलाई चुस्त दुरुस्त बनाउने, नेपाली श्रमिक कल्याणकारी कोष खडागरि पाँचहजार रियल आफ्नो तर्फबाट सहयोग गर्ने, नेपाली श्रमिक पक्षमा कार्यरत रहने लगायत भावी कार्ययोजना तथा प्रतिबद्धता ब्याक्त गरे । कार्कीले सङ्गठनमा आबद्ध हुन चाहाने तमाम साथीहरु सक्षम हुँदा हुँदैपनि सबैलाई समेट्न नसकिएकोमा क्षमा माग्दै आफ्ना मन्तव्य राखेका थिए ।

सभालाई निर्वाचन कमिटि सदस्य केबि हमालको स्वागत मन्तव्य, निर्वाचन कमिटी सदस्य हरि बस्नेत सामाजिक व्याक्तित्व सागर नेपाल, मञ्च सल्लाहकार पुर्व अध्यक्ष दोर्ण बस्नेत, मञ्च कतार संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं, मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले लगायतले समसामायिक विषयमा आफ्ना भनाइ राखेका थिए ।

पोखरेलसहित एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

अधिवेशन उद्घाटन कार्यक्रम संयोजक अफ्सर खानको सभापतित्वमा भएको थियो । प्रवासी नेपाली मञ्च कतारको नेतृत्व चयनको लागी ३ सय २१ जना प्रतिनिधि सहभागी रहेका थिए ।

निर्वाचन कमिटीका अध्यक्ष गोबिन्द सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सदस्य तेज कटुवालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

 

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस