२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

प्रवासी भुजेल समाज कतारद्वारा रक्तदान कार्यक्रम सप्पन्न

दोहा – प्रवासी भुजेल समाज कतारद्वारा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन।

प्रवासी भुजेल समाज कतारको आयोजना र नेपाली रक्तदाता संघको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन।

शुक्रबार कतारस्थित राष्ट्रिय रक्तदान केन्द्रमा भएको  कार्यक्रममा दार्शनिक डाक्टर योगी विकासानन्द,गुरुमा कमलेश्वरी आनन्द,कतारस्थित नेपाली दूतावासका प्रथम सचिव कृष्णकुमार सुवेदी लगायत ७० जनाको उपस्थिति रहेको थियो।

रक्तदान गरौं, जीवनदान गरौं”भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रम श्याम लाल चौधरीले रक्तदान गरेर सुरु  र समाजका सल्लाहकार शिवबहादुर भुजेलले रक्तदान गरेर सम्पन्न भएको थियो ।

बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।

“भुजेल जातिको र विकास उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा लिएर कतारमा सन्- २०१० मा स्थापना भएको भुजेल समाजले निरन्तर रुपमा यस्ता विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस