२०८३ असार ५ गते शुक्रवार | 2026 June 19th Friday

कतारमा किरात याक्थुङ चुम्लुङले शुक्रबार उभौली पर्व मनाइँदै

दोहा, कतार – किरात याक्थुङ चुम्लुङ, कतारले आउँदो शुक्रबार याक्था तङ्नाम तथा उभौली पर्व) को अवसरमा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी २३ मे २०२५ मा वैल्युएन्ट रेस्टुरेन्ट प्लाजा मा हुनेछ। “लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रममा लिम्बु समुदायको सांस्कृतिक झाँकी, नृत्य तथा परम्परागत झलक प्रस्तुत गरिने संस्थाका अध्यक्ष सागर तुम्बाहाङफे लिम्बुले जानकारी गराए

किरात याक्थुङ चुम्लुङ, कतारले कार्यक्रममा लिम्बु समुदायका कलाकारहरू, सांस्कृतिक समूहहरू तथा समुदायका अगुवाहरूको सहभागिता रहने अपेक्षा गरिएको महासचिव बिरेन मादेन लिम्बू बताउन्छ्न ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस