२०८३ असार २७ गते शनिवार | 2026 July 11th Saturday

कतारमा राष्ट्रिय फुटबल टोलिले दोश्रो मैत्रीपुर्ण खेल आज श्रीलंका सङ्ग खेल्दै

दोहा, कतार- कतारमा राष्ट्रिय फुटबल टोलिले दोश्रो मैत्रीपुर्ण खेल आज श्रीलंका सङ्ग खेल्न लागेको हो।
एएफसी एसियन कप छनौटका लागि प्रशिक्षण गर्न यतिखेर कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज श्रीलंकासंग अनौपचारिक मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल दोहा स्थित ग्राण्ड हमाद स्टेडियम (अल अरबी स्पोर्ट्स कल्ब)मा बेलुका ७ बजे सुरु हुनेछ। खेल हेर्न दर्शकलाई प्रवेश दिइने छैन ।

नेपालले यसअघि टिमोर लेस्टेसंग दुई दुईको बराबरी खेलेको थियो । त्यस्तै नेपालले शुक्रबार ओमानसंग पनि खेल्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस