२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेलहरू आजबाट

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेलहरू आजबाट सुरू हुँदैछन्।

नेपालले एशियन कप छनौटको पहिलो खेलमा आज जोर्डनसँग खेल्दैछ।
कुवेतको जाबेद अल एहमल इनटरनेशनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

फिफा वरीयता हेर्ने हो भने नेपाल १६८औं स्थानमा छ भने जोर्डन नेपाल भन्दा ७७ औ स्थान अगाडी ९१औं स्थानमा छ ।

नेपाल र जोर्डनबीच अहिले सम्म चार पटक प्रतिस्पर्धा भएको छ। जसमा जोर्डनले ३ पटक जित हासिल गरेको छ भने एक पल्ट खेल बराबरीमा रोक्किएको छ ।

नेपालले कतारमा १० दिनको तयारी गरेको थियो । कतारमा नेपाली टोलीले तीन वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ओमानसँग पराजित भएको थियो भने टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २/२ र श्रीलङ्कासँग १/१ गोलको बराबरी खेलेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गते शनिवार कुवेत र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ । ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस