२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

स्याङ्जा सहयोग समाज कतारको आठौं अधिबेशन हुने

दोहा / स्याङ्जा सहयोग समाज कतारको आठौं अधिबेशन , १७ औं वार्षिक उत्सव साथै स्मारिका विमोचन कार्यक्रम हुने भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा जिल्लाका बिभिन्न ठाउँबाट कतार आएका स्याङ्गजालीहरु द्वारा सन : २००५ मा स्थापना गरिएको समाजको आठौं अधिबेशन, १७ औं वार्षिक उत्सवको साथ स्याङ्जा सहयोग समाज कतारको पहिलो प्रकाशन ( स्याङ्जा दर्पण ) पुस्तकको पनि विमोचन कार्यक्रम हुने संस्थाका अध्यक्ष अजमत अलिले बताए ।

आउँदो शुक्रवार ( १७ जुन, २०२२ ) मा दोहा नज्मा स्थित सालिमार होटलको सभाहलमा कतारका स्थापित सम्पुर्ण जिल्ला संस्था,जातिय संस्था, बैचारिक संस्था संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्दिजीवी, समाजसेवी, व्यवसायी तथा सम्पूर्ण शुभाचिन्ताहरुमा उपस्थितिको लागि समाजले हार्दिक अनुरोध गरेको महासचिव शिवराम ढकालले जानकारी गराए ।

” प्रवासमा रहेर जिल्लावासीलाई समेट्दै ” स्थापित रहेको संस्थाले स्थापनाकाल देखीनै जिल्ला बासीमा मात्र सिमित नभइ सम्पुर्ण नेपाली हरुको लागी सामाजिक,आर्थिक तथा नैतिक पक्षमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस