२०८३ भाद्र २५ गते बिहिवार | 2026 September 10th Thursday

मोसु कतारको १७ औ साधारण सभा सम्पन्न |

दोहा,

कतारमा स्थापित सामाजिक सस्थाहरुको अग्रज सस्था मोरंगसुनसरी सेवा समाज कतारले आफ्नो १७औ साधारण सभा आन्तरिक रुपमा सम्पन्न गरेको छ। ” मोरंगसुनसरीको चाहना,सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नारा बोकेर २००१ मा स्थापना भएको सस्थाले १७ जुन २०२२ का दिन दोहाको सल्वारोड स्थित ग्रीन रेस्टुरेन्टको सभा हलमा साधारण सभा सम्पन्न गरेको थियो । सस्थाका अध्यक्ष भिम बराईलीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा सस्थाका सल्लाहकार संयोजक दिलिप पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो।

रास्ट्रीय गान,ब्यानर अनावरण, दिप प्रज्वलन संगै शुरु भएको कार्यक्रममा सस्थाका उपाद्यक्ष्य लिलानाथ घिमिरेले सम्पूर्ण उपस्थितिलाई स्वागत मन्तव्यले स्वागत गरेका थिए। कार्यक्रममा पुर्व अध्यक्षहरु बिनोद भट्टराई, योगेन्द्र कार्की र तेज कटुवालले मोसुको पृष्ठभूमि,मोसु कतारले संचलान गरेको बचतको ब्यबस्थापन र मोसु नेपाल र बिश्वब्यापीकरणको बारेमा सहजीकरण गरेका थिए।
एक वर्ष सम्मको कार्य प्रगति प्रतिबेदन सचिव भोला बस्नेतले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन सस्थाकी सह कोषाधक्ष्य योजना थापा शर्मा ले प्रस्तुत गरेकी थीइन।

कार्यक्रममा सस्थापक महासचिव, पुर्व अध्यक्ष्यहरु तथा सल्लाहकारहरुले शुभकामना मन्तब्य राखेका थिए। लामो समय देखि सस्थामा काम गर्दै आएकी सह कोषाधक्ष्य आफ्नो कतार बसाईलाई बिट मार्दै गर्दा सस्थाले मायाको चिनो तथा बिधाई पत्रले सम्मान गरेको छ भने पुर्व अध्यक्ष कमलमणि गुरागाई की धर्मपत्नी अन्जु सुब्बा गुरागाईको जन्मोत्सवको केक समेत काटिएको थियो। कार्यक्रमलाई सस्थाका सचिव भोला बस्नेतले संचालन गरेका थिए।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस