२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

कास्की आदर्श समाज कतारको आठौँ अधिवेशन हुने

दोहा / कास्की आदर्श समाज कतारको आठौं अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

“कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको संस्थाले आफ्नो आठौं अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा आउँदो जून २४ तारिक शुक्रबार गर्ने तय भयको संस्थाका सह सचिव तथा प्रचार बिभाग प्रमुख सन्तोष तिमिल्सिनाले बताए।

कार्यक्रमलाई भब्य अनि सभ्य रूपमा सफल बनाउनको लागि संस्थाका अध्यक्ष बिक्की बिकको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति १२ सदस्यीय उप समिति गठन गरिएको छ । जस्मा बिधान संसोधन समितिको संयोजकमा सस्था प्रमुख सल्लाहकार मनप्रसाद राना मगर , निर्वाचन समितिको संयोजक संस्था सल्लाहकार आश बहादुर गुरुङ ,स्वागत तथा अथिती सत्कार संयोजकमा सस्था सल्लाहकार रेसम बस्नेत र सल्लाहकार खुशीमान गुरुङ लगायत लाई जिम्मेवारी तोकिएको छ ।

संस्थाको सदस्यताको लिनको लागि साधारण सदस्यता २५ रियाल र आजीवन सदस्यता १५१ रियाल शुल्क समेत तोकेर सदस्यता खुला गरेको जनाएको छ। कार्यक्रममा कतारमा स्थापीत सम्पुर्ण बैचारिक, सामाजिक संघ संस्थाहरु , बुद्धिजीवी , पत्रकार , कलाकार लगाएत सम्पुर्ण नेपाली जनहरुमा उपस्थिति भै कार्यक्रम सफल पार्न कास्की आदर्श समाज कतारले हार्दिक अपिल गरेको छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस