२०८३ कार्तिक ४ गते मङ्गलवार | 2026 October 20th Tuesday

स्याङ्गजा सहयोग समाज कतारद्वारा नवनियुक्त राजदूत डा. ढकाललाई स्वागत

दोहा : स्याङ्गजा सहयोग समाज कतारद्वारा नवनियुक्त राजदूत डा. ढकाललाई स्वागत ,भेटघाट एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
समाज कतारद्वारा महामहिम सङ्ग स्वागत,भेटघाट एवं परिचयात्मक कार्यक्रम साथै समाजको आठौं अधिवेशन मार्फत नव गठित कार्यसमिती सुचिकृत अनुरोध पत्र हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

“स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराको साथमा सन २००५ मार्चमा कतारमा समाज सेवाको भावना लिएर स्थापना गरिएको समाज कतारले स्थापना काल तदर्थ समिति देखि निवर्तमान कार्यसमिति (१९-२१) कार्यकाल सम्मका गतिविधि समेटिएको समाजको पहिलो प्रकाशन स्मारिका “स्याङ्जा दर्पण”, स्या.स.स.अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा प्रकाशित नेपाली भित्तेपात्रो साथै  समाजको आठौं अधिबेशन मार्फत नव गठित कार्यसमिती द्वारा चयन संरक्षक समिती,सल्लाहकार समितीहरुको पुर्ण विवरण रहेको पत्र  दूतावासमा रहेको संघ संस्था हरुको अभिलेखमा नया कार्यसमिति सुचिकृतका लागी अनुरोध पत्र हस्तान्तरण गरेको हो ।
छाेटाे परिचयात्मक कार्यक्रममा उपस्थित हरु बाट परिचय सगै स्वागत गर्दै कतारकाे समसामयिक विषयमा महामहिमकाे ध्यानाकर्षण गर्दै उठेका समसामयिक बिषयमा छलफल भएको थियो ।

समाजका अध्यक्ष प्रकाश परियार, स्या.स.आ.अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा संरक्षक श्री टुकराज अर्याल , संरक्षक भेषराज पराजुली, अजिज अलि ,बुद्धि भण्डारी , प्रमुख सल्लाहकार अजमत अलि , सल्लाहकार शिबराम ढकाल , प्रेम राज रिजाल नारायण शर्मा समाजका बरिस्ठ उपाध्यक्ष घनश्याम अर्याल द्दितिय उपाध्यक्ष दिवान सिङ्ग सिङ्गजाली सदस्यहरु अलि हुसेन मिया ,रोशन अर्याल
पदेन सदस्य मा नागेन्द्र रिजाल लगायत उपस्थित  सम्पुर्णले  समाज स्थापन गर्नुको उदेश्य र समाजले गरेका सामाजिक कार्यहरु बारे जानकारी गराएका थिए  ।

भेटघाटका क्रममा  राजदूत ढकालले समाजले कतारमा मात्र नभै अन्तराष्ट्रीय स्तरमै संजाल  विस्तार गरी ४८ देशका समितिहरू आबद्ध गर्नु जिल्लामा कार्यालय सहित १ करोड़ को अक्षयकोषको स्थापना गरेको प्रति प्रशंसा गरेका थिए । सोहि अवसरमा आफूहरु दाङमा भएपनी पूर्खौली स्याङजाबाट बसाईसराइ गरी गएको हुनसक्ने भन्ने पूर्वजहरूको भनाइबाट र वंशावलीको आधार हेर्दा पनी हुनसक्ने बाताएका थिए । उनले शिक्षित र सरकारी ओहोदामा स्याङजा जिल्ला अग्रणी स्थानमा रहेको जिल्लाका रुपमा रहेको स्मरण गरेका थिए । राजदुत ढकालले यसरी समाज स्थापना गरि गर्दै आएको समाजिककाम मा दूतावासको पुर्ण सहयोग रहने बिश्वास समेत व्यक्त गरेका थिए ।

राजदुतको कार्यकालमा दूतावास र कतार स्थित नेपाली संघ संस्था बिचको सम्बन्ध निकटतम रहने र कतारमा रहेका नेपालीहरुको लागि नियोगबाट प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण हुने अपेक्षा सहित सफल तथा स्वर्णिम कार्यकालको लागी शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।कार्यक्रमको  सहजिकरण स्याङ्जा सहयोग समाजका महासचिव टेक गैर्हे ले गरेका थिए भने  नियोगका तर्फबाट  द्दितिया सचिव प्रविन भट्टाराईले आफ्नो परिचय सहित कार्यक्रम सुरुवात गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस