२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

टिकटक समाज कतार द्वारा सहयोग

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दोहा,  अवस्था कमजोर भएका एक युवालाई टिकटक समाज कतारले हवाई टिकट सहयोग गरेको छ।

केहिदिन अघी मात्र रोजगारको शिलशिलामा कतार आएका मकवानपुर छतिवन गाबिस वडा नम्बर ७ का २२ बर्षिय  कृष्ण राईलाई सहयोग गरिएको हो।

राईले अचाबक आफ्नो  स्वास्थ्य अवस्था नाजुक भएको र आफुलाई छिटो नेपाल फ़र्काईदिन अनुरोध गरे अनुसार आफुहरुले सहयोग गरेको समाजका अध्यक्ष लक्ष्मी दर्नालले बताईन।

टिकटक समाजलाई जोडेर नेपाली समुदायमा वाद प्रतिवाद हुने भएपनि आफुहरु समाजिक सेवा कै लागि टिकटक समाज गठन गरी संगठित हुने प्रयासमा रहेको अध्यक्षले बताईन।

टिकटक समाजका महासचिव बिपन शंकरका अनुसार राईले आफू अस्वस्थ र आफुलाई नेपाल फर्काई दिन आग्रह गरेकोले उनलाई कतार स्थित नेपालि दूतावासको सम्पर्कमा ल्याई नियोगको सहयोग र सुझाव अनुसार नै राईलाई नेपाल फिर्ता पठाएको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस